काठमाडौं। विश्वमा पछिल्ला केही दिनयता कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या घट्दै गएको पाइएको छ। वल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्ला तीन दिनमा लगातार संक्रमणदर घटिरहेको छ।
हिजो विश्वभर दुई लाख १३ हजार ४५९ जना संक्रमित थपिएका छन्। सोही अवधिमा चार हजार ८२ जनाको मृत्यु भएको छ। मृत्युदर पनि अघिल्ला दिनको तुलनामा कम हो।
१० साउनमा विश्वमा दुई लाख ५७ हजार ७८९ जना संक्रमित थपिएका थिए भने पाँच हजार ६८९ जनाको मृत्यु भएको थियो। यस्तै, ९ साउनमा दुई लाख ८८ हजार ९९७ जना संक्रमित थपिएका थिए भने ६ हजार १९९ जनाको मृत्यु भएको थियो।
हाल विश्वभर ५७ लाख १४ हजार ४६८ जना सक्रिय संक्रमित छन्। यसमध्ये १८ हजार ९८९ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक छ। जम्मा संक्रमितमध्ये एक करोड ३६ हजार ५३८ जना संक्रमणमुक्त भएका छन्।
" /> काठमाडौं। विश्वमा पछिल्ला केही दिनयता कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या घट्दै गएको पाइएको छ। वल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्ला तीन दिनमा लगातार संक्रमणदर घटिरहेको छ।हिजो विश्वभर दुई लाख १३ हजार ४५९ जना संक्रमित थपिएका छन्। सोही अवधिमा चार हजार ८२ जनाको मृत्यु भएको छ। मृत्युदर पनि अघिल्ला दिनको तुलनामा कम हो।

">