काठमाडौं। साउन ६ गते राति १२ बजेदेखि नेपालमा लकडाउन हटेको छ।
केही जोखिमपूर्ण व्यवसाय र गतिविधिमा प्रतिबन्धबाहेक सबै नियमित जस्तै भइसकेको छ। कोरोना संक्रमितको संख्या न्यून भएको भन्दै सरकारले १२० दिनमा लकडाउन खोलेको थियो।
लकडाउन खुले पनि कोरोना संक्रमणको खतरा घटिसकेको छैन। बरु झन् जोखिमपूर्ण व्यवहार बढेको छ र यसले अझै चिन्ता थपिदिएको छ।
लकडाउनका अन्तिम पाँच दिन र त्यस यताका पाँच दिनको कोरोना संक्रमितको संख्या उस्तै-उस्तै छ।
लकडाउन खुलेपछि साउन ७ गतेदेखि ११ गतेसम्म ६१९ जना कोरोना संक्रमित देखिएका छन्। लकडाउन अन्त्य भएको पाँच दिनको अवधिमा कोरोना संक्रमणबाट पाँचजनाको मृत्यु भइसकेको छ।
लकडाउन खुल्नुअघिको पाँच दिनको अवधिमा अर्थात साउन २ गतेदेखि ६ गतेसम्मको अवधिमा देशैभर ६९६ जना कोरोना संक्रमित थपिएका थिए। यो पाँच दिनका बीचमा कसैको पनि मृत्यु भएको थिएन।
लकडाउन अन्त्यको घोषणा गरेकै दिन साउन ७ गते १०० जना कोरोना संक्रमित देखिएका थिए। त्यस्तै ८ गते १४७ जना, ९ गते १३३ जना, १० गते १०९ जना र ११ गते आज १३० जना कोरोना संक्रमित भेटिए। अर्थात् लकडाउन अन्त्यपछिका पाँच दिनमा ६१९ जना संक्रमित भेटिएका छन्।
त्यसअघि साउन ६ गते १५० जना, ५ गते १८६ जना, ४ गते १५६ जना, ३ गते ५७ जना र २ गते १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
आजसम्म देशभर १८ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये १३ हजार १२८ जना डिस्चार्ज भइसकेका छन्। हाल सक्रिय केस पाँच हजार ४४० छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार लकडाउन अन्त्यअघिको पाँच दिन र खुलेपछिका पाँच दिनमा कोरोना संक्रमणको औसत दरमा खासै फरक देखिएको छैन।
लकडाउन अन्त्यअघिको पाँच दिनमा संक्रमण दर ३ दशमलव २ प्रतिशत रह्यो भने खुलेपछिका पाँच दिनमा संक्रमणदर ३ दशमलव ३ प्रतिशत देखिएको छ। तर लकडाउन अन्त्य हुनुभन्दा अघिको पाँच दिनका अवधिमा १९ हजार ९३३ पीसीआर परीक्षण भएकामा लकडाउन खुलेपछिको पाँच दिनको अवधिमा १८ हजार ६२२ वटा नमूना परीक्षण भएको छ। अर्थात् लकडाउन अन्त्य हुनुअघिका पाँच दिनभन्दा लकडाउन सकिएपछिका पाँच दिनमा पीसीआर परीक्षण संख्या एक हजार ३११ ले घटेको छ।
काठमाडौं उपत्यकामा बढी जोखिम
लकडाउन खुलेसँगै काठमाडौं उपत्यकको जनजीवन सामान्य बनेको छ। मानिसहरू आफ्नो दैनिक काममा फर्किन थालेसँगै कोरोना संक्रमणको जोखिम बढेको छ। मानिसहरूको चाप ह्वात्तै बढेको छ भने सरकारले भन्दै आएको भौतिक दूरी कायम हुन सकेको छैन। जसका कारण संक्रमणको जोखिम बढेको हो।
काठमाडौंमा आज ८ जनामा संक्रमण देखियो। १० गते २ जनामा कोरोना पुष्टि भएको थियो। त्यसअघि ९ गते १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
८ गते ९ जना (काठमाडौं जिल्लामा पाँचजना र ललितपुर-भक्तपुरमा २/२ जना) र ७ गते काठमाडौंमा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
काठमाडौं उपत्यकासहित शहर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढी रहेको जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डले बताए। “लकडाउन छैन। मानिसहरू सावधानीविना नै आफ्नो नियमित काममा फर्किएका छन्। जसले गर्दा बढी मानिसहरूको चाप हुने क्षेत्रमा जोखिम बढी नै छ,” जनस्वास्थ्यविद् डा. पाण्डेले भने।
काठमाडौं उपत्यकामा यदि संक्रमण समुदायमा पस्यो भने नियन्त्रण गर्न निकै गाह्रो पर्ने उनको भनाइ छ।
" /> काठमाडौं। साउन ६ गते राति १२ बजेदेखि नेपालमा लकडाउन हटेको छ।केही जोखिमपूर्ण व्यवसाय र गतिविधिमा प्रतिबन्धबाहेक सबै नियमित जस्तै भइसकेको छ। कोरोना संक्रमितको संख्या न्यून भएको भन्दै सरकारले १२० दिनमा लकडाउन खोलेको थियो।

">