काठमाडौं। मोटो वा अधिक वजन भएका मानिसलाई कोरोना संक्रमणको खतरा बढी रहेको बेलायती विशेषज्ञहरूले बताएका छन्।
यस्ता मानिसलाई संक्रमण भएका खण्डमा मृत्यु हुने सम्भावनासमेत बढी रहेको उनीहरूको भनाइ छ।
बेलायतको स्वास्थ्य विभागको एक्जिक्युटिभ एजेन्सी पब्लिक हेल्थ इङ्ल्यान्डले मोटो मानिस कोरोना सङ्क्रमित हुँदा अस्पताल लगिहाल्नु पर्ने र आईसीयूमा राख्नु पर्ने अवस्था देखिएको आफ्नो खोजबाट पत्ता लागेको उनीहरूले बताएका हुन्।
संस्थाका प्रमुख न्युट्रिसनिस्ट डा. एलिसन टेडस्टोनका अनुसार मोटो मानिसमा अन्य रोगका साथै कोरोनाको आक्रमण बढी हुन्छ। र, मृत्युको खतरा पनि अधिक हुन्छ।
उनी भन्छन्, ‘‘वजन घटाउनु स्वास्थ्यका लागि हितकारी छ। यसले कोभिड–१९को खतरा पनि कम हुन्छ।’’
युरोपियन मुलुकमध्ये बेलायतमा मोटो मानिसको सङ्ख्या अधिक छ। बेलायती वयस्कमध्ये करिब दुईतिहाईमा मोटोपन रहेको देखिएको छ।
पब्लिक हेल्थ इङ्ल्यान्डले आफ्ना नागरिकलाई वजन घटाउन अनुरोध गर्दै आएको छ। मोटोपन घटाउनु अन्य प्रकारका रोगका साथै अहिलेको कोरोनाबाट समेत बच्नु रहेको बताइएको छ।
(बीबीसी)