काठमाडौं। छिमेकी देश भारतमा कोरोना संक्रमणदर उच्च रहेको छ। भारतमा दुई दिनको अवधिमा ९७ हजार ३६४ जना संक्रमित थपिएका छन्। र, दुई दिनको अवधिमा भारतमा कोभिड–१९ का कारण एक हजार ४५१ जनाको मृत्यु भएको छ।
भारतमा अघिल्लो दिन ४८ हजार ८९२ संक्रमित थपिएका थिए भने ७६१ जनाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट अर्थात् पछिल्लो २४ घण्टामा ४८ हजार ४७२ जना संक्रमित थपिएको भारतमा ६९० जनाले ज्यान गुमाएका छन्।
वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा जम्मा संक्रमितको संख्या १३ लाख ८५ हजार ४९४ पुगेको छ भने यसमध्ये आठ लाख ८६ हजार २३५जना संक्रमणमुक्त भएका छन्। भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३२ हजार ९६ छ।
चार लाख ६७ हजार १६३ सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ।
" /> काठमाडौं। छिमेकी देश भारतमा कोरोना संक्रमणदर उच्च रहेको छ। भारतमा दुई दिनको अवधिमा ९७ हजार ३६४ जना संक्रमित थपिएका छन्। र, दुई दिनको अवधिमा भारतमा कोभिड–१९ का कारण एक हजार ४५१ जनाको मृत्यु भएको छ।भारतमा अघिल्लो दिन ४८ हजार ८९२ संक्रमित थपिएका थिए भने ७६१ जनाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट अर्थात् पछिल्लो २४ घण्टामा ४८ हजार ४७२ जना संक्रमित थपिएको भारतमा ६९० जनाले ज्यान गुमाएका छन्।

">