काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ। जसमध्ये ७० दशमलब ६ प्रतिशत निको भइसकेका छन्। अर्थात अहिले नेपालमा सक्रिय केस मात्र ५ हजार ३८५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमण, सक्रिय केस, क्वारेन्टिनमा बस्नेको संख्याको ग्राफ केही समय यता निरन्तर ओरालो लागेको देखिन्छ। क्वारेन्टिनमा बस्नेको संख्या जेठको अन्तिम साता पौने २ लाख रहेकोमा अहिले १८ हजार १८३ मा सीमित भएको छ।
सबैभन्दा धेरै सक्रिय केस अहिले प्रदेश-२ मा रहेको देखिन्छ। जहाँ १ हजार ९०९ जना संक्रमित छन्। त्यसपछि सुदूरपश्चिम प्रदेशमा १ हजार ९०० जना संक्रमित रहेका छन्। सबैभन्दा कम सक्रिय केस १ नम्बर प्रदेशमा छ। जहाँ १४५ जना संक्रमित छन्।
क्वारेन्टिनमा सबैभन्दा धेरै सुदूरपश्चिममा छन्। जहाँ ५ हजार २७६ जना क्वारेन्टिनमा छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार १७ जना क्वारेन्टिनमा छन्।
देशैभर हालसम्म १३ हजार ५३ जना कोरोना जितेर घर फर्केका छन्।
नेपालमा पछिल्लो २४ घण्टाको सार्वजनिक रिपोर्ट अनुसार १०९ जना संक्रमित थपिएका छन्। मृत्यु भएकाको संख्या ४५ पुगेको छ।