राजविराज। सप्तरीको राजविराजमा दैनिक कोरोना भाइरसका सङ्क्रमित भेटिन थालेपछि त्यहाँको सिरहा रोडलाई ‘सिल’ गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवका अनुसार राजविराज–६ का एक जना ७३ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको र समुदायमा कोरोना भाइरस फैलिएकाले सिरहा रोडलाई ‘सिल’ गरिएको हो।
उनले राजविराज नगरपालिका–६ को राम मन्दिरदेखि सखडा रोड जाने बाटोसम्म निषेधित क्षेत्र कायम गरी ‘सिल’ गरिएको बताए।
सप्तरीको राजविराजमा कोरोनाका सङ्क्रमित तीव्र रुपमा थपिन थालेपछि जोखिम बढ्दै गएको जनाइएको छ। पछिलो पटक स्वाब परीक्षणपछि राजविराज–६ का एकै परिवारका चारसहित सात जनामा कोरोना रिपोर्ट पोजिटिभ देखिएपछि त्यहाँ सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले तत्काल ‘सिल’ गर्नुपरेको स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिए।
पछिल्लो रिपोर्टअनुसार राजविराज–६ मा चियानास्ता पसल सञ्चालन गर्दै आएको एउटै परिवारमा चार जनालाई कोरोना पोजेटिभ देखिएको छ। स्वास्थ्य कार्यालयका अनुसार ६९, २९ र २२ वर्षीय पुरुष तथा ४० वर्षीय महिलामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ। स्थानीय प्रशासनले राजविराज नगरपालिका–६ लाई केन्द्रित गरी सिरहा रोडलाई ‘सिल’ गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
साउन १ गते कोरोनाका कारण मृत्यु भएका ७३ वर्षीय व्यापारीको परिवारका पाँच जना सदस्यसहित छरछिमेकमा कोरोना पोजिटिभ पाइएको छ। सप्तरी जिल्लाको राजविराजमा कोरोना सङ्क्रमण समुदायमा फैलिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि आज तेस्रो दिन पनि राजविराज बजार सुनसान छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिकाभर अर्काे आदेश नभएसम्मका लागि बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ। सप्तरी जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या ४१८ पुगेको छ। यसमध्ये २८६ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रञ्जित झाले जानकारी दिए।
" /> राजविराज। सप्तरीको राजविराजमा दैनिक कोरोना भाइरसका सङ्क्रमित भेटिन थालेपछि त्यहाँको सिरहा रोडलाई ‘सिल’ गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवका अनुसार राजविराज–६ का एक जना ७३ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको र समुदायमा कोरोना भाइरस फैलिएकाले सिरहा रोडलाई ‘सिल’ गरिएको हो।उनले राजविराज नगरपालिका–६ को राम मन्दिरदेखि सखडा रोड जाने बाटोसम्म निषेधित क्षेत्र कायम गरी ‘सिल’ गरिएको बताए।

">