काठमाडौं। भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ४८ हजार ८९२ कोरोना भाइरस (कोभिड-१९)का नयाँ संक्रमित थपिएका छन्। यही अवधिमा थप ७६१ जनाको मृत्यु भएको छ।
कोरोना संक्रमितको संख्या धेरै हुनेमा भारत विश्वकै तेस्रो स्थानमा रहेको छ। त्यहाँ पछिल्ला दिनहरूमा संक्रमितको संख्या अत्यधिक बढिरहेको छ।
वल्र्डोमिटर्सको तथ्यांकअनुसार आज बिहानसम्म भारतमा १३ लाख ३७ हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भारतमा ३१ हजार ४०६ पुगेको छ।
भारतमा हालसम्म आठ लाख ५० हजार १०७ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।
अहिले चार लाख ५५ हजार ५०९ जना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ।
विश्वमा धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा भारतभन्दा अगाडि अमेरिका पहिलो र ब्राजिल दोस्रो स्थानमा छन्।
" /> काठमाडौं। भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ४८ हजार ८९२ कोरोना भाइरस (कोभिड-१९)का नयाँ संक्रमित थपिएका छन्। यही अवधिमा थप ७६१ जनाको मृत्यु भएको छ।कोरोना संक्रमितको संख्या धेरै हुनेमा भारत विश्वकै तेस्रो स्थानमा रहेको छ। त्यहाँ पछिल्ला दिनहरूमा संक्रमितको संख्या अत्यधिक बढिरहेको छ।

">