काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणमा परेकामध्ये करीब ६१ प्रतिशत उपचारपछि निको भएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म ९७ लाख १६ हजार नौ जना संक्रमित उपचारपछि निको भइसकेका छन्, जुन कूल संक्रमितको ६०.९९ प्रतिशत हो। विश्वमा कोरोना संक्रमितको कूल संख्या एक करोड ९३ लाख ७७२ रहेको छ।
यस्तै, कोरोना संक्रमितमध्ये एक प्रतिशतभन्दा कमको मात्रै ज्यान गएको तथ्यांक छ। विश्वमा कोरोनाका कारण मृत्यु् हुनेको संख्या ६ लाख ४१ हजार ८७३ पुगेको छ, जुन कूल संक्रमित संख्याको ०.०४० प्रतिशत हो।
सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा कूल संक्रमितमध्ये २० लाख २७ हजार ६४१ जना उपचारपछि निको भइसकेका छन्। त्यहाँ एक लाख ४८ हजार ४८३ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्।
दोस्रो ठूलो संख्यामा संक्रमित रहेको ब्राजिलमा १५ लाख ९२ हजार २८१ जना उपचारपछि संक्रमणमुक्त भइसकेका छन्।
नेपालमा कूल १८ हजार ३७४ संक्रमितमध्ये १२ हजार ९४७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
भारतमा उपचारपछि निको हुनेको संख्या आठ लाख ५० हजार १०७ पुगेको छ।
यस्तै, रूसमा पाँच लाख ८८ हजार ७७४, दक्षिण अफ्रिकामा दुई लाख ४५ हजार ७७१, पेरूमा दुई लाख ५९ हजार ४२३, मेक्सिकोमा दुई लाख ३६ हजार २०९, चिलीमा तीन लाख १३ हजार ६९६, इरानमा दुई लाख ४९ हजार २१२, पाकिस्तानमा दुई लाख १९ हजार ७८३, साउदी अरेबियामा दुई लाख १५ हजार ७३१ तथा इटालीमा एक लाख ९८ हजार १९२ जना उपचारपछि निको भएको तथ्यांक छ।
" /> काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणमा परेकामध्ये करीब ६१ प्रतिशत उपचारपछि निको भएका छन्।वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म ९७ लाख १६ हजार नौ जना संक्रमित उपचारपछि निको भइसकेका छन्, जुन कूल संक्रमितको ६०.९९ प्रतिशत हो। विश्वमा कोरोना संक्रमितको कूल संख्या एक करोड ९३ लाख ७७२ रहेको छ।

">