काठमाडौं। इजी ट्याक्सी नेपाल एपले काठमाडौंका ११ हजार ट्याक्सी चालकहरूको कोरोना बिमा गरिदिने भएको छ।
महामारीको जोखिमको बीच ग्राहकलाई सेवा दिइरहेका ट्याक्सी चालकहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर इजी ट्याक्सी नेपालले यस्तो व्यवस्था गरेको हो।
यस योजनाअन्तरगत ट्याक्सी चालकहरुले इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा संचालन गरिएको हुनुपर्ने वा आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमा आबद्ध हुने प्रतिबद्धता गर्नुपर्ने एपका अध्यक्ष संजीत पौडेलले जानकारी दिए।
व्यवसायीलाई ट्याक्सी बिमामा न्यूनतम ७०० देखि आठ हजार ७६५ रूपैयाँसम्मको छुटसमेत दिइएको छ।
इजी ट्याक्सी नेपालको एपमार्फत यात्रुले सजिलै ट्याक्सी बोलाउन सक्ने र ट्याक्सी चालकले पनि सजिलै यात्रु पाउने पौडेलले बताए।
यात्रुको मोबाइलमा कुन नम्बरको ट्याक्सीमा कुन स्थानसम्म जाँदैछु भन्ने कुरा जानकारी प्राप्त हुने र ट्याक्सी चालकले यात्रुलाई कुन स्थानबाट कहाँ पुर्याउने सजिलै दर्ता गर्न सकिने हुनाले आवश्यक परेमा कोरोनाको ट्रेसिङ्ग गर्नुपर्दा सहयोग पुग्ने बताइएको छ।
" /> काठमाडौं। इजी ट्याक्सी नेपाल एपले काठमाडौंका ११ हजार ट्याक्सी चालकहरूको कोरोना बिमा गरिदिने भएको छ।महामारीको जोखिमको बीच ग्राहकलाई सेवा दिइरहेका ट्याक्सी चालकहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर इजी ट्याक्सी नेपालले यस्तो व्यवस्था गरेको हो।

">