बाँके। नेपालगञ्जको त्रिभुवन चोकमा दैनिक काम खोज्न जम्मा हुने मजदुरको कोरोना परीक्षणका लागि स्वाब संकलन शुरू गरिएको छ।
हिजोदेखि स्वाब संकलन शुरू गरिएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताए। कसौधन वैश्य समाज र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा स्वास्थ्य कार्यालयले स्वाब संकलन शुरू गरेको जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र समाजका अध्यक्ष नन्दलाल वैश्यलगायतको उपस्थितिमा स्वाब संकलन गरिएको फोकलपर्सन श्रेष्ठले बताए।
मजदुरसँगै त्रिभुवन चोक आसपासका पसल र घरका सदस्यले समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिने बताइएको छ। उनका अनुसार, ३६५ जनाको नाम दर्ता गरेकोमा हिजो १३० जनाको स्वाब संकलन गरिएको छ। रासस
" /> बाँके। नेपालगञ्जको त्रिभुवन चोकमा दैनिक काम खोज्न जम्मा हुने मजदुरको कोरोना परीक्षणका लागि स्वाब संकलन शुरू गरिएको छ।हिजोदेखि स्वाब संकलन शुरू गरिएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताए। कसौधन वैश्य समाज र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा स्वास्थ्य कार्यालयले स्वाब संकलन शुरू गरेको जनाइएको छ।

">