काठमाडौं। विश्वमा एकैदिन दुई लाख ७३ हजार कोरोना भाइरस संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ७३ हजार ७८९ जना संक्रमित थपिएका वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ।
अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या केही घटेको छ। अघिल्लो दिन विश्वमा दुई लाख ८० हजार ३५५ जना संक्रमित थपिएका थिए।
थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ६८ हजार २७८ रहेका छन्। त्यसपछि ब्राजिलमा ५८ हजार ८० र भारतमा ४८ हजार ४४६ रहेका छन्। नेपालमा संक्रमित हुनेको संख्या १८ हजार २४१ रहेको छ भने यसमध्ये १२ हजार ८४० जना संक्रमणमुक्त भएका छन्। ४३ जनाको निधन भएको छ।
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड ५६ लाख ३९ हजार ७०६ पुगेको छ भने ९५ लाख २८ हजार ४३३ जना संक्रमणमुक्त भएका छन्। विश्वमा ५४ लाख ७५ हजार ६७६ सक्रिय संक्रमित रहेकोमा ६६ हजार ३२४ जनाको स्वास्थ्य चिन्ताजनक छ। कोभिड–१९ का कारण विश्वमा अहिलेसम्म ६ लाख ३५ हजार ५९७ जनाको मृत्यु भएको छ।