काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमित मध्ये ७० प्रतिशतभन्दा बढी निको भइसकेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म ७० दशमलब ३९ प्रतिशत कोरोना संक्रमित निको भइसकेका छन्। अर्थात देशैभर संक्रमित कूल १८ हजार २४१ जनामध्ये १२ हजार ८४० जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो समय संक्रमणको तुलनामा डिस्चार्ज हुने संक्रमितको संख्या बढी देखिएको छ। पछिल्लो अपडेट अनुसार आज मात्र १४७ जना संक्रमित हुँदा १५६ जना कोरोना जितेर घर फर्किएका छन्।
प्रदेशगतरूपमा हेर्दा सबैभन्दा धेरै सक्रिय केस सुदूरपश्चिम प्रदेशमा छ भने सबैभन्दा कम प्रदेश १ मा छ। सुदूरपश्चिममा १ हजार ९३८ वटा र त्यसपछि प्रदेश २ मा १ हजार ८९७ वटा सक्रिय केस छ। सबैभन्दा कम सक्रिय केस रहेको प्रदेश १ मा संख्या १२४ छ।
त्यस्तै संख्यात्मक हिशाबले सबैभन्दा धेरै प्रदेश ५ मा डिस्चार्ज भएका छन्। त्यहाँ ३ हजार ८६८ जना डिस्चार्ज भएका छन्। प्रदेश २ मा २ हजार ८४३ जना डिस्चार्ज हुँदा सुदूरपश्चिम प्रदेशमा २ हजार २३३ जना डिस्चार्ज भएका छन्। त्यसैगरी कर्णाली प्रदेशमा १ हजार ५८३ जना, गण्डकी प्रदेशमा १ हजार ९५ जना, प्रदेश १ मा ७६० जना र बागमती प्रदेशमा ४५८ जना डिस्चार्ज भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
कोरोना संक्रमणको दर कम हुँदै जाँदा यतिबेला क्वारेन्टिनमा बस्नेहरूको संख्या पनि कम भएको छ। जेठको अन्तिम साता करिब पौने २ लाख जना क्वारेन्टिनमा रहेकामा अहिले घटेर २० हजार ९८ मा सीमित भएको छ। हाल सुदूरपश्चिममा सबैभन्दा बढी क्वारेन्टिनमा छन्। त्यहाँ ६ हजार २८६ जना क्वारेन्टिनमा छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३०५ जना क्वारेन्टिनमा छन्।
नेपालमा प्रति दशलाख व्यक्तिमा ११ हजार ३५२ वटा नमूना पीसीआर विधिबाट परीक्षण भएको छ। यसरी हालसम्म ३ लाख ३१ हजार ९५ वटा नमूना परीक्षण भएको छ। नेपालमा कोरोना संक्रमित ४३ जनाको मृत्यु भइसकेको छ।
" /> काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमित मध्ये ७० प्रतिशतभन्दा बढी निको भइसकेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म ७० दशमलब ३९ प्रतिशत कोरोना संक्रमित निको भइसकेका छन्। अर्थात देशैभर संक्रमित कूल १८ हजार २४१ जनामध्ये १२ हजार ८४० जना संक्रमणमुक्त भएका छन्।पछिल्लो समय संक्रमणको तुलनामा डिस्चार्ज हुने संक्रमितको संख्या बढी देखिएको छ। पछिल्लो अपडेट अनुसार आज मात्र १४७ जना संक्रमित हुँदा १५६ जना कोरोना जितेर घर फर्किएका छन्।

">