कञ्चनपुरमा एकैदिन २६ जनामा कोरोना संक्रमण
<p>कैलाली। कञ्चनपुरमा आज एकैदिन २६ जनामा कोरोना पुष्टि भएको छ। </p>
<p>धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ५८ जनाको परीक्षण भएकोमा कञ्चनपुरका २१ पुरुष र ५ महिला गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। </p>
<p>सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १३, बेल्डाँडी नगरपालिकाका ८, बैलौरी नगरपालिकाका ५ जनामा कोरोना पुष्टि भएको बताए। </p>
<p>योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना पुष्टि भएकाको संख्या चार हजार ३४ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
