काठमाडौं। झण्डै चार महीनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएसँगै आज करिव आधा सवारीसाधन सञ्चालन भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जानकारी दिएको छ ।
पहिलो दिन बिहानैदेखि बस, मिनिबस, माइक्रो, टेम्पोलगायतका सवारीसाधन सञ्चालनमा आए पनि तीनमा यात्रु कम देखिएका छन्। अहिलेका लागि मर्मत भएका सवारीसाधन सञ्चालन भए पनि आगामी दिनमा थप सवारीसाधन सञ्चालन हुने महासङ्घले जनाएको छ।
सरकारले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको झण्डै दुई सातापछि मात्रै मजदुर र महासङ्घले सवारीसाधन सञ्चालनको निर्णय गरेका थिए ।
अझै कतिपय गाडी ग्यारेजमा नै थन्किएर रहेको महासङ्घका महासचिव सरोज सिटौलाले बताए। उनका अनुसार मर्मतपछि बाँकी सवारीसाधन पनि सञ्चालनमा आउनेछन्।
चालक र सहचालकलाई आवश्यक स्वास्थ्य सावधानीका सामग्री व्यवसायीले उपलब्ध गराइएको छ भने यात्रुलाई पनि मास्क अनिवार्य रूपमा लगाउनुपर्ने भनिएको छ।
सरकारले लामो दूरीको यातायात १ भदौबाट मात्र खुलाउने निर्णय गरेको छ। तर, यातायात व्यवसायीले भने सबै रुट खुल्ला गर्नुपर्ने भन्दै यातायात व्यवस्था बिभागमा माग गरिरहेका छन्। सिटौलाले भने, “कोही व्यक्ति नौबिसे आएर काठमाडौँ आउन नपाउने गर्नु हुँदैन ।” रासस
" /> काठमाडौं। झण्डै चार महीनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएसँगै आज करिव आधा सवारीसाधन सञ्चालन भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जानकारी दिएको छ ।पहिलो दिन बिहानैदेखि बस, मिनिबस, माइक्रो, टेम्पोलगायतका सवारीसाधन सञ्चालनमा आए पनि तीनमा यात्रु कम देखिएका छन्। अहिलेका लागि मर्मत भएका सवारीसाधन सञ्चालन भए पनि आगामी दिनमा थप सवारीसाधन सञ्चालन हुने महासङ्घले जनाएको छ।

">