गण्डकी। मुस्ताङको लोमन्थाङमा सञ्चालित पाल ऐ हाम नामग्याल गुम्बा (विद्यालय)ले पोखरा महानगरपालिका-१४ भित्रका कोरोना प्रभावित ६० घर परिवारलाई खाद्यान्न सहयोग गरेको छ।
पठपाठनसँगै सामाजिक क्रियाकलापमा सहभागिता जनाउँदै आएको सो गुम्बाले बन्दाबन्दीका कारण दैनिकी सञ्चालनमा समस्या परेका घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो।
पोखरा-१४ को विजयबस्ती, बेलचौतारा, रातो डाँडा, विजयपुर, आनन्द, घट्टेकुलो, साधनामार्ग र नयाँ बस्तीमा बस्दै आएका भूमिहीन तथा दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्ने सर्वसाधारणलाई खाद्यान्न उपलब्ध गराएको गुम्बाका प्रधानाध्यापक ग्याचो लामाले जानकारी दिए।
गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टको सक्रियता तथा महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारामाया थापामगरको समन्वयमा खाद्यान्न सामग्री वितरण गरिएको उनले बताए।
यसअघि गुम्बाले कोरोना रोकथामका लागि प्रदेश सरकार र पोखरा महानगरपालिकाले स्थापना गरेको कोषमा एक लाख २० हजार रुपैयाँ सहयोग गरिसकेको छ। हालै वर्षाका कारण घरबार गुमाएका परिवारलाई समेत खाद्यान्न सामग्री वितरण गरिरहेको जनाएको छ।
मुस्ताङको लोमन्थाङ गाउँपालिका-३ मा रहेको पाल ऐहाम नामग्याल गुम्बा स्कूल हिउँदको समयमा भने पोखरा महानगरपालिका-१८ खपौदीमा सञ्चालन गरिँदै आएको छ। रासस
" /> गण्डकी। मुस्ताङको लोमन्थाङमा सञ्चालित पाल ऐ हाम नामग्याल गुम्बा (विद्यालय)ले पोखरा महानगरपालिका-१४ भित्रका कोरोना प्रभावित ६० घर परिवारलाई खाद्यान्न सहयोग गरेको छ।पठपाठनसँगै सामाजिक क्रियाकलापमा सहभागिता जनाउँदै आएको सो गुम्बाले बन्दाबन्दीका कारण दैनिकी सञ्चालनमा समस्या परेका घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो।

">