काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड ५३ लाख ७१ हजार ८३६ पुगेको छ। हालसम्म कोरोनाका कारण विश्वमा ६ लाख ३० हजार १३८ जनाको मृत्यु भइसकेको छ।
उपचारपछि निको हुने कोरोना भाइरस संक्रमितको संख्या ९३ लाख ४८ हजार ७ सय ६१ रहेको छ। हाल विश्वमा ५३ लाख ९२ हजार ९३७ जना कोरोना संक्रमित उपचाररत छन्। उपचाररतमध्ये ५३ लाख २६ हजार ७६७ जनाको अवस्था सामान्य रहेको जनाएको छ।
विश्वमा कोरोना भाइरस पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वमा २१५ देश तथा क्षेत्रमा फैलिइसकेको छ।
वल्डोमिटर्सको तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित अमेरिकामा रहेका छन्। अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४१ लाख ८७५ पुगेको छ। कोरोनाका कारण अमेरिकामा हालसम्म एक लाख ४६ हजार १८३ जनाको मृत्यु भइसकेको छ।
कोरोना भाइरस संक्रमितको दोस्रो ठूलो संख्या ब्राजिलमा छ। ब्राजिलमा हालसम्म २२ लाख ३१ हजार ८७१ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ। संक्रमितमध्ये ८२ हजार ८९० जनाको ब्राजिलमा मृत्यु भइसकेको छ।
कोरोना संक्रमितको तेस्रो ठूलो संख्या भारतमा छ। भारतमा १२ लाख ३९ हजार ६८४ जनामा कोरोना संक्रमण भइसकेको छ। भारतमा रहेका संक्रमितमध्ये २९ हजार ८९० जनाको मृत्यु भइसकेको छ।
सबैभन्दा बढी कोरोना भाइरस संक्रमित रहेका देशको सूचीमा रूस चौथो नम्बरमा रहेको छ। रूसमा हालसम्म सात लाख ८९ हजार १९० जनामा कोरोना संक्रमण रहेको पुष्टि भइसकेको छ। रूसमा कोरोनाका कारण हालसम्म १२ हजार ७४५ जनाले ज्यान गुमाइसकेका छन्।
यस्तै, कोरोना संक्रमितको संख्या दक्षिण अफ्रिकामा तीन लाख ९४ हजार ९४८, पेरूमा तीन लाख ६६ हजार ५५०, मेक्सिकोमा तीन लाख ६२ हजार २७४, चिलीमा तीन लाख ३६ हजार ४०२, स्पेनमा तीन लाख १४ हजार ६३१ र बेलायतमा दुई लाख ९६ हजार ३७७ रहेको छ।