काठमाडौं। कोभिड-१९ महामारी शुरू भएयताको सात महीनामा विश्वमा एकै दिन सबैभन्दा बढी संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ७९ हजार ३६८ जना नयाँ कोरोना संक्रमित थपिए। बुधबार एकैदिन कोरोनाका कारण विश्वमा ७ हजार १०९ जनाले ज्यान गुमाएका छन्।
यसअघि एकैदिन सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित १६ जुलाईमा देखिएका थिए। उक्त दिन विश्वमा २ लाख ४९ हजार ६६८ जना नयाँ संक्रमित थपिएका थिए।
वल्डोमिटर्सको तथ्याङ्कअनुसार अमेरिकामा बुधबार एकैदिन ७१ हजार ९६७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही दिन कोरोनाका कारण अमेरिकामा १ हजार २ सय ५ जनाको मृत्यु भएको छ।
ब्राजिलमा पछिल्लो चौबिस घण्टामा ६५ हजार ३३९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। उक्त अवधिमा ब्राजिलमा कोरोनाका कारण १ हजार २ सय ९३ जनाको मृत्यु भएको छ।
भारतमा बुधबार थप ४५ हजार ५९९ जनामा कोरोना संक्रमण देखिएका छ। भारतमा बुधबार नै १ हजार १२० जनाको मृत्युको कारक कोरोना बन्यो।
बुधबार दक्षिण अफ्रिकामा कोरोना भाइरसका १३ हजार १५० जना नयाँ संक्रमित थपिएका छन्। दक्षिण अफ्रिकाका कोरोनाक कारण सो दिन ५७२ जनाले ज्यान गुमाएका छन्।
" /> काठमाडौं। कोभिड-१९ महामारी शुरू भएयताको सात महीनामा विश्वमा एकै दिन सबैभन्दा बढी संक्रमित थपिएका छन्।पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ७९ हजार ३६८ जना नयाँ कोरोना संक्रमित थपिए। बुधबार एकैदिन कोरोनाका कारण विश्वमा ७ हजार १०९ जनाले ज्यान गुमाएका छन्।

">