काठमाडौं। सरकारले १२० दिनपछि मंगलबार राति १२ बजेदेखि लकडाउन अन्त्य गरेको छ। कोरोना महामारी फैलन नदिन चैत ११ गतेदेखि जारी लकडाउन अन्त्य भए पनि जोखिमपूर्ण हुन सक्ने व्यवसाय र गतिविधिमा भने सरकारले बन्देज कायमै राखेको छ। कोरोना संक्रमण हुन नदिन अपनाउनुपर्ने सावधानीका उपायहरूलाई निरन्तरता दिँदै जनजीवन सहज बनाउन सरकारले लकडाउन हटाएको हो।
लकडाउन हटाउनुको मुख्य कारण नेपालमा पछिल्लो समय परीक्षणमा पोजिटिभको नतिजा कम देखिनु नै हो। स्वास्थ्य मन्त्रालयले आज नियमित प्रेस व्रिफिङमा पनि पछिल्लो एक महिना यता नेपालमा गरिएका परीक्षणमा संक्रमण दर कम हुँदै गएको देखिएको जानकारी दिएको छ।
असार १० गतेभन्दा अघि नेपालमा दैनिक कोरोना संक्रमण दर परीक्षण गरिएका नमूनामा ८ देखि १० प्रतिशत थियो। तर त्यस यता भने कोरोना संक्रमण दर क्रमश घट्दै गएको मन्त्रालयको भनाइ छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार अहिले कोरोना संक्रमण दर दैनिक २ देखि ३ प्रतिशतमा झरेको छ। अर्थात परीक्षण गरिएका नमूनामध्ये अहिले संक्रमण दर २ देखि ३ प्रतिशतमा मात्र सीमित भएको छ।
नेपालमा कूल संक्रमितको संख्या १८ हजार ९४ पुगेकामा सक्रिय केस भने अहिले ५ हजार ३६८ मात्र छ। अर्थात ७० प्रतिशतभन्दा बढी निको भइसकेका छन्।
प्रदेशगतरूपमा हेर्दा सबैभन्दा बढी कोरोना संक्रमितको सक्रिय केस सुदूरपश्चिम प्रदेशमा छ भने सबैभन्दा कम १ नम्बर प्रदेशमा छ। सुदूरपश्चिममा १ हजार ९२७ सक्रिय केस छ भने १ नम्बर प्रदेशमा ११ सक्रिय केस रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै २ नम्बर प्रदेशमा १ हजार ८७५, बागमती प्रदेशमा ४२०, गण्डकी प्रदेशमा ३८९, प्रदेश ५ मा ३४५ र कर्णाली प्रदेशमा २९० जना सक्रिय केस रहेको छ।