कोभिड-१९ बाट एक विदेशीसहित थप दुईजनाको मृत्यु

काठमाडौं। नेपालमा कोभिड-१९ बाट एक विदेशीसहित थप दुईजनाको मृत्यु भएको छ।

यससँगै नेपालमा मृत्यु हुनेको संख्या ४२ पुगेको छ।

धनुषा जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय पुरूषको गयराति मृत्यु भएको हो।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

यस्तै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक ५७ वर्षीया चिनियाँ महिलाको पनि आज मृत्यु भएको हो।

उनीहरू दुवैमा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्