थपिए १०० जना कोरोना भाइरसका संक्रमित, संक्रमितकाे संख्या १८ हजार नाघ्याे

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १०० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा साे संख्यामा नयाँ संक्रमित थपिएका हुन्।

योसहित नेपालमा संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ।

यस्तै हालसम्म नेपालमा १२ हजार ६८४ संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भइसकेका छन्।

पछिल्लो २४ घण्टामा मात्रै २०७ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्