काठमाडौं। कोरोना भाइरसबाट बच्न संसारभरका नागरिकलाई सम्बद्ध देशका सरकारहरू घरभित्रै बस्न अनुरोध गरिरहेका छन्। तर, दक्षिण कोरियाका महामारी विशेषज्ञको भनाइ भने बिलकुलै फरक देखिएको छ। घरबाहिर भन्दा भित्रैको सम्पर्कका कारण कोभिड–१९ को सङ्क्रमण बढी फैलिएको उनीहरूको भनाइ छ।
दक्षिण कोरियाली अनुसन्धाताको अध्ययन अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनमा जुलाई १६ मा प्रकाशित भएको हो। यो शोधमा कोरोना पोजिटिभ देखिएका ५७०६ जना बिरामीमाथि अध्ययन गरिएको थियो। यसमा ५९ जना यस्ता व्यक्ति थिए, जो सङ्क्रमितको सम्पर्कमा पुगेका थिए।
शोधबाट के पत्ता लाग्यो भने, सयमा केवल दुई जना घरबाहिर रहेका व्यक्तिमा र घरभित्र रहेका १० मध्ये एक जनालाई कोरोना सरेको पाइएको थियो। शोधले घरभित्रका ज्येष्ठ नागरिक र किशोर भएको सङ्क्रमणले छिटो अन्यलाई सारेको थियो।
दक्षिण कोरिया महामारी रोकथाम सेन्टरका निर्देशक जियोङ इउन क्योङ भन्छन्, ‘‘यस्तो किन पनि देखियो भने यो उमेरका मानिस घरका सदस्यसँग बढी सम्पर्कमा हुने गर्छन्। किशोर र ज्येष्ठ नागरिकलाई तुलनात्मक रुपमा बढी सहयोगको खाँचो पर्छ।’’ अध्ययनले अर्को कुरा पनि देखाएको छ, बालबालिकामा कोरोना भाइरसको गम्भीर असर पर्दैन। यो आँकडा २० जनवरीदेखि मार्च २७ सम्म एकीकृत गरिएको थियो।
यसैबीच, जोन्स हप्किन्स विश्व विद्यालयले आज बिहानसम्मको कोरोना प्रभावको आँकडा पनि बाहिर ल्याएको छ। विश्व विद्यालयले सार्वजनिक गरेको आज बिहानसम्मको आँकडा अनुसार सङ्क्रमितको सङ्ख्या एक करोड ४८ लाख ९८ हजार १४५ तथा मृत्यु हुनेको सङ्ख्या ६ लाख १५ हजार ४६२ पुगेको छ।
सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा छन् भने दोस्रोमा ब्राजिल र तेस्रोमा भारत रहेको छ। भारतमा सङ्क्रमितको सङ्ख्या ११ लाख ५५ हजार ३५४ पुगेको छ। (एजेन्सी)
" /> काठमाडौं। कोरोना भाइरसबाट बच्न संसारभरका नागरिकलाई सम्बद्ध देशका सरकारहरू घरभित्रै बस्न अनुरोध गरिरहेका छन्। तर, दक्षिण कोरियाका महामारी विशेषज्ञको भनाइ भने बिलकुलै फरक देखिएको छ। घरबाहिर भन्दा भित्रैको सम्पर्कका कारण कोभिड–१९ को सङ्क्रमण बढी फैलिएको उनीहरूको भनाइ छ।दक्षिण कोरियाली अनुसन्धाताको अध्ययन अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनमा जुलाई १६ मा प्रकाशित भएको हो। यो शोधमा कोरोना पोजिटिभ देखिएका ५७०६ जना बिरामीमाथि अध्ययन गरिएको थियो। यसमा ५९ जना यस्ता व्यक्ति थिए, जो सङ्क्रमितको सम्पर्कमा पुगेका थिए।

">