काठमाडौं। कोरोना महामारीबाट बच्न मुखमा मास्क लगाइन्छ। यतिबेला धेरैको मुखमा मास्क हुन्छ। मास्क लगाउँदा कोरोना संक्रमणबाट त बच्न सकिन्छ।
तर, महिलाहरूलाई भने समस्या भयो। त्यसको कारण हो- उनीहरूको मेकअप। ओठमा लिपिस्टिक लगाउँदा एकातिर यो पुछिन्छ भने अर्कोतिर लगाएको देखिदैन्।
जसले गर्दा महिलाहरूले ओठमा लिपिस्टिक लगाउँनै छोडे। लिपिस्टिक लगाउँनै छोडेपछि यसको व्यापार पनि हुने कुरा भएन्।
अहिले विश्वभर नै लिपिस्टकको व्यापार कम छ। अन्य कस्मेटिक सामानको तुलनामा लिपिस्टिकको व्यापार ठप्प जस्तै बनेको कस्मेटिक व्यापारी बताउँछन्।
लिपिस्टिकको व्यापार नै बन्द भएपछि अमेरिकाका एक कम्पनीले नयाँ जुक्ति निकालेको छ। अमेरिकाको लिफ डट हेल्थकेयरले कम्पनीले पारदर्शी मास्क निर्माण गरेको हो।

लिफ मास्क निर्माण गरेको उक्त कम्पनीले अब ओठमा लगाएको लिपिस्टिक नदेखिने, अनुहारको हाउभाउ नदेखिने समस्या अन्त्य हुने दावी गरेको छ। अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए) मा लिफ मास्क दर्ता गरिएको हो।
एन ९९, एईपीए फिल्टरसहितको मास्क तीन वटा मोडलका छन्। “हामीले असामान्य अवस्थामा पारदर्शी डिजाइन तयार पारेका छौं,” लिफ टिमले भनेका छन्।

रेडक्लिफ मेडिकल उपचारद्वारा निर्माण गरिएका मास्कले किटाणुरहित हुनुका साथै अनुहारको मुस्कार तथा ओठमा लगाइएको लिपिस्टिक पनि प्रष्ट देखिनेछ।
दुई वटा मोडलहरू लिफ यूभी र लिफ प्रोले सूर्यबाट आउने यूभी किरणलाई पनि छालाभित्र प्रवेश गर्न दिनेछैन्। र, रोगका किटाणुहरूलाई अनुहारभित्र जान नदिने कम्पनीको दावी छ।
यो मास्कले ९९.९९ प्रतिशत फिल्टर गर्छ। यो मास्क लगाएपछि ढुक्कसँग ओठमा लिपिस्टिक लगाउन सकिन्छ। पुरूषहरूले पनि दाह्री जुंगा चटक्क मिलाएर लिफ मास्क लगाउन सकिन्छ।
जसले गर्दा तपाईको दाह्री जुंगा प्रस्टसँग देख्न सकिन्छ। त्यस्तै तपाईको अनुहारको हाउभाउ पनि प्रष्टै देखिन कम्पनीको दावी छ।
" /> काठमाडौं। कोरोना महामारीबाट बच्न मुखमा मास्क लगाइन्छ। यतिबेला धेरैको मुखमा मास्क हुन्छ। मास्क लगाउँदा कोरोना संक्रमणबाट त बच्न सकिन्छ।तर, महिलाहरूलाई भने समस्या भयो। त्यसको कारण हो- उनीहरूको मेकअप। ओठमा लिपिस्टिक लगाउँदा एकातिर यो पुछिन्छ भने अर्कोतिर लगाएको देखिदैन्।

">