काठमाडौं। विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ५० लाख नाघेको छ। वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ५० लाख ८४ हजार १९७ पुगेको छ।
यसमा ९१ लाख तीन हजार ८६८ जना संक्रमणमुक्त भएका छन् भने ५३ लाख ६१ हजार ८५२ सक्रिय संक्रमित छन्। ६३ हजार ८०० जनाको स्वास्थ्य चिन्ताजनक छ। कोभिड–१९ का कारण विश्वमा अहिलेसम्म ६ लाख १८ हजार ४७७ जनाको मृत्यु भएको छ।
सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन्। अमेरिकामा संक्रमितको संख्या ४० लाख २८ हजार १९० पुगेको छ। अमेरिकामा १९ लाख ९७ हजार ८२५ जना सक्रिय संक्रमित छन्। १८ लाख ८५ हजार ४२१ जना संक्रमणमुक्त भएको अमेरिकामा एक लाख ४४ हजार १४४ जनाको मृत्यु भएको छ।
नेपालमा १७ हजार ९९४ जनामा संक्रमण देखिँदा १२ हजार ४७७ जना संक्रमणमुक्त भएका छन्। नेपालमा अहिलेसम्म कोभिड–१९ बाट ४० जनाको मृत्यु भएको छ भने पाँच हजार ४७७ जना सक्रिय संक्रमित छन्।
भारतमा ११ लाख ९४ हजार ८५, ब्राजिलमा २१ लाख ६६ हजार ५३२, रुसमा सात लाख ८३ हजार ३२८, साउथ अफ्रिकामा तीन लाख ८१ हजार ७९८, पेरुमा तीन लाख ६२ हजार ८७, मेक्सिकोमा तीन लाख ४९ हजार ३९६ र पाकिस्तानमा दुई लाख ६६ हजार ९६ जनामा संक्रमण देखिएको छ।
" /> काठमाडौं। विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ५० लाख नाघेको छ। वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ५० लाख ८४ हजार १९७ पुगेको छ।यसमा ९१ लाख तीन हजार ८६८ जना संक्रमणमुक्त भएका छन् भने ५३ लाख ६१ हजार ८५२ सक्रिय संक्रमित छन्। ६३ हजार ८०० जनाको स्वास्थ्य चिन्ताजनक छ। कोभिड–१९ का कारण विश्वमा अहिलेसम्म ६ लाख १८ हजार ४७७ जनाको मृत्यु भएको छ।

">