कोरोनाका सक्रिय केस सबैभन्दा बढी सुदूरपश्चिममा
काठमाडौं। नेपालमा कोरोना भाइरसका सक्रिय केस सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार सुदूरपश्चिममा आज (मंगलबार)सम्म एक हजार ९९२ जनामा कोरोना भाइरसका सक्रिय केस रहेका छन्।

यो संख्या मुलुकका सातवटै प्रदेशमध्येको सबैभन्दा बढी हो।

मन्त्रालयका अनुसार नेपालभर आजसम्म पाँच हजार ४७७ कोरोनाका सक्रिय केस रहेका छन्।

सुदूरपश्चिमपछि प्रदेश २ मा दोस्रो बढी सक्रिय केस रहेका छन्। उक्त प्रदेशमा हाल एक हजार ९१३ सक्रिय केस रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सबैभन्दा कम सक्रिय केस प्रदेश १ मा रहेको छ। उक्त प्रदेशमा हाल जम्मा १०८ सक्रिय केस छन्।

यसैगरी, बागमती प्रदेशमा ४२१, गण्डकी प्रदेशमा ३८०, प्रदेश ५ मा ३७० र कर्णाली प्रदेशमा २९३ जनामा कोरोना भाइरसका सक्रिय केस रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

नेपालमा मंगलबारसम्म कूल संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ। उक्त संक्रमितमध्ये ६९.३ प्रतिशत अर्थात् १२ हजार ४७७ जना उपचारपछि निको भइसकेका छन्।

उपचारपछि निको हुनेमा प्रदेश १ का ७५० जना, प्रदेश २ का दुई हजार ७६६ जना, बागमती प्रदेशका ४५२ जना, गण्डकी प्रदेशका एक हजार २० जना, प्रदेश ५ का तीन हजार ८१८ जना, कर्णाली प्रदेशका एक हजार ५४० जना र सुदूरपश्चिम प्रदेशका दुई हजार १२९ जना रहेका छन्।

कोरोना संक्रमणका कारण नेपालमा ४० जनाले ज्यान गुमाइसकेका छन्।

मृत्यु भएकामध्ये प्रदेश ५ का १० जना, बागमती प्रदेशका ९ जना, सुदूरपश्चिम प्रदेश र प्रदेश २ का ६-६ जना तथा गण्डकी प्रदेशका चारजना छन्।

प्रदेश १ मा भने हालसम्म कसैले पनि कोरोना संक्रमणबाट ज्यान गुमाउनु परेकाे छैन।

नेपालमा गत वर्ष माघ ९ गते पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको थियो।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेबाट देशभर लकडाउन लागू गरेको थियो।

त्यसयता पटकपटक लकडाउनको अवधि थप गर्दै आएकोमा हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले आज रातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्