१५० संक्रमित थपिए, ६०९ जना डिस्चार्ज
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा साे संख्यामा नयाँ संक्रमित थपिएका हुन्।

योसहित नेपालमा संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ।

हालसम्म नेपालमा १२ हजार ४७७ जना संक्रमणमुक्त भई डिस्चार्ज भइसकेका छन्।

याे भनेकाे ६९.३४ प्रतिशत हाे।

पछिल्लो २४ घण्टामा मात्रै ६०९ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्