झापा। झापामा समुदायबाट सङ्कलित रकमबाट कोभिड-१९ को स्वाब परीक्षण गर्ने पीसीआर मेशिन खरिद गरिएको छ। प्रयोगशालाका उपकरण आज आइपुगेपछि जडान शुरू गरिएको छ।
कोभिड-१९ को महामारीका अवस्थामा झापाका युवा समाजसेवीले शुरू गरेको ‘एकका लागि एक अभियान’बाट चन्दा सङ्कलन गरेर यन्त्र खरिद गरिएको हो। अभियानका सहसंयोजक विनोद बस्नेतले कनकाई नगरपालिका-४ कोटीहोमस्थित समर्पण भवनमा प्रयोगशालाका सबै उपकरण आज आइपुगेको जानकारी दिए।
झापामा समुदायबाट चन्दा सङ्कलन गरेर स्थापना गर्न लागिएको यो पहिलो पीसीआर ल्याब हो। यसका लागि एक करोड २० लाख जति चन्दा सङ्कलन भइसकेको अभियानले जनाएको छ। यसमा अन्तर्राष्ट्रिय झापाली समाज एक्लैले २५ लाख योगदान गरेका छन्।
“सम्पूर्ण उपकरण आइपुगेको छ,” एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीले भने, “आशा छ, अबको पाँच दिनभित्रै उपकरण जडान सकिएर नमूना परीक्षणको काम शुरू हुनेछ।”
अभियानले पीसीआर ल्याबको उपकरण किन्ने, प्रयोगशाला राख्ने स्थानको व्यवस्था गर्ने र जडान सम्पन्न गर्ने संयोजक गिरीले बताए। प्रयोगशालाको सञ्चालनका लागि अभियानले प्रदेश १ सरकारलाई हस्तान्तरण गर्ने उनको भनाइ छ। प्रदेश १ मै झापामा कोभिड-१९ का सङ्क्रमित ज्यादा भएता पनि सङ्क्रमित हो कि होइन भनेर स्वाब परीक्षण गराउन विराटनगर र धरान पुग्नुपर्ने बाध्यता हटाउन झापामै जनस्तरबाट प्रयोगशाला स्थापनाको पहल सार्थक मोडमा आइपुगेको हो।
अभियानका सदस्य सजेश शिवाकोटीले कोटेशन प्रक्रियाबाट काठमाडौंको जयश्री श्याम कम्पनीबाट पीसीआर ल्याबका उपकरण आयात खरिद गरिएको बताए। उपकरणमा ८५ लाख रूपैयाँ खर्च भएको र ल्याबरूमका लागि आवश्यक अन्य उपकरणमा अरू रकम लाग्ने जनाइएको छ।
सुरूङ्गा जेसिजका संस्थापक अध्यक्ष लीला चिमरियाले जनस्तरबाट जुटेको सहयोगबाट बनेको ल्याबबाट झापामात्र नभएर इलाम, पाँचथर र ताप्लेजुङका बासिन्दासमेत लाभान्वित हुने बताए। रासस
" /> झापा। झापामा समुदायबाट सङ्कलित रकमबाट कोभिड-१९ को स्वाब परीक्षण गर्ने पीसीआर मेशिन खरिद गरिएको छ। प्रयोगशालाका उपकरण आज आइपुगेपछि जडान शुरू गरिएको छ।कोभिड-१९ को महामारीका अवस्थामा झापाका युवा समाजसेवीले शुरू गरेको ‘एकका लागि एक अभियान’बाट चन्दा सङ्कलन गरेर यन्त्र खरिद गरिएको हो। अभियानका सहसंयोजक विनोद बस्नेतले कनकाई नगरपालिका-४ कोटीहोमस्थित समर्पण भवनमा प्रयोगशालाका सबै उपकरण आज आइपुगेको जानकारी दिए।

">