काठमाडौं। गण्डकी प्रदेशका तीन जिल्लामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दी, बागलुङ र स्याङ्जामा तीन/तीनजनामा संक्रमित भेटिएका हुन्।
पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा २३ देखि ५८ वर्ष उमेर समूहका व्यक्तिहरूमा कोभिड-१९ पुष्टि भएको हो।
उनीहरू सबैजना पुरुष हुन्। उनीहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।
आज थप भएकासहित गण्डकीमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या एक हजार ३२९ जना पुगेको छ। यस प्रदेशका एक हजार २० जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन्।
" /> काठमाडौं। गण्डकी प्रदेशका तीन जिल्लामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दी, बागलुङ र स्याङ्जामा तीन/तीनजनामा संक्रमित भेटिएका हुन्।

">