काठमाडौं। डिप्रेसनमा पर्ने कुनै निश्चित उमेर र समय हुँदैन। यो जसलाई पनि जुनसुकै बेला हुनसक्छ। तर, बढीजसो मानिसहरू डिप्रेसनलाई लुकाउने गर्छन्। डराउँछन् पनि, मलाई समाजले के भन्छन् भनेर। यो अन्य रोगजस्तै एउटा मानसिक रोग हो। यसलाई बेलैमा चिन्नुपर्छ भन्ने उसलाई लाग्दैन।
डिप्रेसनमा परेका व्यक्तिलाई लाग्छ, म बेकार भएको छु, मलाई कसैले माया गर्दैन, सबैले वेवास्ता गर्छन्। प्रायः मानिसहरू जब डिप्रेसनमा पर्छन्, त्यसबेला यस्तै किसिमका नकारात्मक सोचहरू आउँछन्। अनि आफू, समाज र भविष्यप्रति नकारात्मक सोच्ने गर्छन्। ती सोंचलाई चाहेर पनि उनीहरू रोक्न सक्दैनन्। सकारात्मक सोच्न प्रयास त गर्छन् तर, नकारात्मक सोंचले जितिदिन्छ।
“डिप्रेसनमा परेका मानिसहरू गएगुज्रेका हुँदैनन्, बेकार भइसकेका हुँदैनन्, जसरी उनीहरू आफूलाई सोचिरहेका हुन्छन्,” मानसिक रोग विशेषज्ञ डा. प्रभाकर पोखरेलले देखापढीसँग भने, “डिप्रेसन सोचको छल जस्तै हो, सबै कुरा नबिग्रे पनि डिप्रेसनले सबै खत्तम भएजस्तो लाग्छ।”
उनी भन्छन्, “पटक–पटक एउटै कुरा सोच्न थालेपछि डिप्रेसनका बिरामीलाई वास्तविक संसार नै त्यस्तै लाग्न थाल्छ, जबकी त्यो साँचो हुँदैन।” डिप्रेसनमा परेका व्यक्तिले आफैंप्रति, समाजप्रति र भविष्यप्रति झुठ बोलिरहेका हुन्छन्। जस्तो कि, आफैंप्रति बोल्ने झुठलाई हेरौं, म बेकार भएँ, म राम्रो छैन, मैले कसैलाई खुशी पार्न सकिनँ, म राम्रोसँग काम गर्न सक्दिनँ।
त्यस्तै, समाजप्रति बोल्ने भुठलाई हेरौं, मान्छेहरू स्वार्थी छन्, कसैले मलाई माया गर्दैनन्, म घरको लागि बेकार भएको छु, सबैले मलाई फाल्तु ठान्छन्, सबै मेरो कारणले दुःखी छन्। त्यस्तै भविष्यप्रति बोल्ने झुठ हेरौं, भविष्यमा मेरो केही राम्रो हुनेवाला छैन, कसैले मलाई मद्दत पनि गर्दैन, म नहुँदा पनि केही फरक पर्दैन, बाँच्नु भन्दा म मरेकै राम्रो हुन्छ अनि सबै खुसी हुन्छन्।
“डिप्रेसनमा परेका व्यक्तिहरू यस्ता सोचबाट निस्किन धेरै प्रयास गर्छन्, तर सक्दैनन्। डिप्रेसनमा परेका व्यक्तिले समाजलाई स्वार्थी देख्छ,” डा.पोखरेल अगाडि भन्छन्, ”थोरै स्वार्थी पनि छ समाज, पूरै त स्वार्थी नहोला ! कसैले त माया गरिरहेको हुन्छ तर उसलाई त्यस्तो लाग्दैन।” बेलैमा चिनियो भने डिप्रेसनको समस्या समाधान हुने बताउँछन् डा. पोखरेल।
डिप्रेसनबाट जोगिने उपाय के छन् त ?
सबैभन्दा पहिले डिप्रेसनलाई चिन्ने (कस्तो अवस्थालाई डिप्रेसन भन्ने पहिचान गर्ने)
नकारात्मक सोंच एकोहोरो रूपमा आउँछ, यसलाई छुट्टयाउने
साथीभाइ र परिवारसँग कुरा बाँड्ने
नियमित व्यायाम गर्ने बानी बसाल्ने (यसले अनिद्राको समस्या हटाउँछ)
कामको चाप घटाउने, रिफ्रेस हुन केही दिन बिदा बस्ने
आफ्नो सोंचसँग नलड्ने
नसा, अल्कोहल पदार्थ नलिने
चिकित्सक वा मनोचिकित्सकसँग परामर्श लिने

कतै तपाईंलाई डिप्रेसनले छलेको त छैन ? (भिडिओसहित) : Dekhapadhi
कतै तपाईंलाई डिप्रेसनले छलेको त छैन ? (भिडिओसहित)