भारतमा दुई दिनमै थपिए ७७ हजार कोरोना संक्रमित
<p>काठमाडौं। छिमेकी देश भारतमा कोरोना संक्रमणदर उच्च रहेको छ। भारतमा दुई दिनको अवधिमा ७७ हजार ५३ जना संक्रमित थपिएका छन्। र, दुई दिनको अवधिमा भारतमा कोभिड–१९ का कारण एक हजार २७१ जनाको मृत्यु भएको छ। </p>
<p>भारतमा अघिल्लो दिन ४० हजार २४३ संक्रमित थपिएका थिए भने ६७५ जनाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट अर्थात् ५ साउनमा ३६ हजार १८० जना संक्रमित थपिएको भारतमा ५९६ जनाले ज्यान गुमाएका छन्। </p>
<p>वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा जम्मा संक्रमितको संख्या ११ लाख ५४ हजार ९१७ पुगेको छ भने यसमध्ये सात लाख २४ हजार ७०२ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २८ हजार ९९ छ। </p>
<p>चार लाख दुई हजार ११६ सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ।</p>
प्रतिक्रिया दिनुहोस्
