काठमाडौं। गण्डकी प्रदेशका थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जा र लम्जुङमा एक/एक जना, तनहुँमा दुईजना र कास्कीमा आठजना संक्रमित फेला परेका छन्।
क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरूमा कोभिड-१९ पोजिटिभ देखिएको हो।
नयाँ संक्रमितहरू २१ देखि ६० वर्ष उमेर समूहका छन्। उनीहरूमध्ये दुईजना महिला छन्।
उनीहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ।
गण्डकी प्रदेशमा हालसम्म कूल संक्रमित एक हजार ३१७ पुगेको छ।
हाल प्रदेशभरका क्वारेन्टाइनमा एक हजार ८२४ जना बसेका छन्।
" /> काठमाडौं। गण्डकी प्रदेशका थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जा र लम्जुङमा एक/एक जना, तनहुँमा दुईजना र कास्कीमा आठजना संक्रमित फेला परेका छन्।

">