काठमाडौं। पछिल्लो एक अध्ययनले कोभिड-१९, ६ प्रकारको हुने पत्ता लगाएको छ। यी सबैका फरकफरक लक्षण हुने पनि अध्ययनमा देखिएको छ। यही आधारमा कुन बिरामीलाई भाइरसबाट कति खतरा छ र उसलाई कुनै औषधि दिनुपर्छ भन्ने यकिन गर्न सकिन्छ। लन्डनको किङ्स कलेजले ‘कोभिड सिम्प्टम एप’को मद्दतबाट कुन बिरामीलाई अस्पताल भर्ना गर्न जरुरी छ भन्ने कुरा यकिन हुने पनि बताएको छ। यो अध्ययनको ‘पियर रिभ्यु’ भने हुन बाँकी छ।
विशेषज्ञहरूका अनुसार यो एपको मद्दतबाट बिरामीको स्तरीय उपचार हुन सक्नुका साथै कोरोनाको दोस्रो ‘वेभ’ आउने अवस्थामा इन्फेक्सनबाट समेत बचाउन सकिन्छ। लगातार खोकी, ज्वरो तथा गन्ध थाहा नपाउनुका साथै टाउको दुख्ने र पखाला पनि यसका लक्षण हुन्। अनुसन्धाताहरूले यसबारे अध्ययन गरेर कोरोनाका लक्षण पनि फरकफरक हुने पत्ता लगाएका हुन्।
यो तथ्य पत्ता लगाउन गत अप्रिलमा अमेरिका र बेलायतका १६ सय बिरामीको तथ्याङ्क संकलन पारिएको थियो। सोही अध्ययनबाट कोभिड–१९, ६ प्रकारका हुने र त्यसको लक्षण पनि फरकफरक हुने पत्ता लागेको हो। बिरामीको अवस्था विस्तारै गम्भीर बन्दै जान्छ। कुनै लक्षणमा ज्वरो हुँदैन, कुनैमा उच्च ज्वरो आउँछ।
पखाला, थकान तथा स्वासप्रस्वाससँग सम्बन्धित समस्या अलगअलग कारणबाट हुन्छ। अनुसन्धान टोलीका सदस्यका अनुसार, ज्येष्ठ नागरिक, मोटा मानिसलाई बढी असर गर्न सक्छ। (एजेन्सी)
" /> काठमाडौं। पछिल्लो एक अध्ययनले कोभिड-१९, ६ प्रकारको हुने पत्ता लगाएको छ। यी सबैका फरकफरक लक्षण हुने पनि अध्ययनमा देखिएको छ। यही आधारमा कुन बिरामीलाई भाइरसबाट कति खतरा छ र उसलाई कुनै औषधि दिनुपर्छ भन्ने यकिन गर्न सकिन्छ। लन्डनको किङ्स कलेजले ‘कोभिड सिम्प्टम एप’को मद्दतबाट कुन बिरामीलाई अस्पताल भर्ना गर्न जरुरी छ भन्ने कुरा यकिन हुने पनि बताएको छ। यो अध्ययनको ‘पियर रिभ्यु’ भने हुन बाँकी छ।विशेषज्ञहरूका अनुसार यो एपको मद्दतबाट बिरामीको स्तरीय उपचार हुन सक्नुका साथै कोरोनाको दोस्रो ‘वेभ’ आउने अवस्थामा इन्फेक्सनबाट समेत बचाउन सकिन्छ। लगातार खोकी, ज्वरो तथा गन्ध थाहा नपाउनुका साथै टाउको दुख्ने र पखाला पनि यसका लक्षण हुन्। अनुसन्धाताहरूले यसबारे अध्ययन गरेर कोरोनाका लक्षण पनि फरकफरक हुने पत्ता लगाएका हुन्।

">