काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणदर अहिलेसम्मकै उच्च देखिएको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा ४० हजार २४३ संक्रमित थपिएका छन् भने ६७५ जनाको मृत्यु भएको छ।
दुई दिनको अवधिमा भारतमा ७७ हजार २५० जना संक्रमित थपिएका छन्। अघिल्लो दिन भातरमा ३७ हजार ४०७ जना संक्रमित थपिएका थिए। १ साउनमा भारतमा ३५ हजार ४६८ संक्रमित थपिएको भारतमा त्यसको भोलिपल्ट २ साउनमा ३४ हजार ८२० जना संक्रमित थपिएका थिए।
वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा जम्मा संक्रमितको संख्या ११ लाख १८ हजार १०७ पुगेको छ भने यसमध्ये सात लाख ३९९ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २७ हजार ५०३ छ। तीन लाख ९० हजार २०५ सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ।
" /> काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणदर अहिलेसम्मकै उच्च देखिएको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा ४० हजार २४३ संक्रमित थपिएका छन् भने ६७५ जनाको मृत्यु भएको छ।दुई दिनको अवधिमा भारतमा ७७ हजार २५० जना संक्रमित थपिएका छन्। अघिल्लो दिन भातरमा ३७ हजार ४०७ जना संक्रमित थपिएका थिए। १ साउनमा भारतमा ३५ हजार ४६८ संक्रमित थपिएको भारतमा त्यसको भोलिपल्ट २ साउनमा ३४ हजार ८२० जना संक्रमित थपिएका थिए।

">