काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६८५ पुगेको छ। पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो १० दिनको तथ्यांक हेर्दा नेपालमा कोरोना संक्रमितको संख्या तुलनात्मकरुपमा कम देखिएको छ। १० दिनमा जम्मा १ हजार १२७ जना नयाँ संक्रमित देखिएका छन्। यो बीचमा सबैभन्दा बढी साउन १ गते १६७ जनामा संक्रमण पुष्टि भएको थियो। सबैभन्दा कम साउन ३ गते मात्र ५७ जनामा संङ्क्रमण देखियो।
१० दिनको बीचमा संक्रमित भएकाको तुलनामा कोरोनामुक्त हुनेको संख्या तीन गुणाभन्दा बढी छ। १० दिनको अवधिमा ३ हजार ८०४ जना डिस्चार्ज भइसकेका छन्।
नेपालमा अहिले ५ हजार ९२३ मात्र सक्रिय केस रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। ६६ प्रतिशतभन्दा बढी अर्थात ११ हजार ६९५ जनाले कोरोना जितेर घर फर्किसकेका छन्।
१० दिनको अवधिमा मृत्यु भएकाको संख्या ५ छ। असार २६ गतेसम्म कोरोना संक्रमित मृतकको संख्या ३५ रहेकामा असार २७ गते ३८ पुगेको देखिन्छ। त्यस्तै असार ३१ गते बढेर ३९ पुग्दा साउन २ गते एक जना थपिएर मृतकसंख्या ४० पुगेको स्वास्थ्य मन्त्रालयको स्थिति प्रतिवेदनमा उल्लेख छ।
पछिल्लो अपडेटअनुसार भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त भइसकेका छन्।