कैलाली। सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण गरिएकामध्ये १५ प्रतिशतमा मात्र संक्रमण पुष्टि भएको पाइएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमसहित प्रदेश बाहिरका प्रयोगशालामा थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षण गरिएका १३ दशमलव ६५ प्रतिशतमा कोरोना पुष्टि भएको छ।
हिजोसम्मको तथ्याङ्कमा सुदूरपश्चिममा २८ हजार ५५० जनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा तीन हजार ८९९ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये निको भएर घर फर्किनेको प्रतिशत धेरै रहेको छ। स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार संक्रमित मध्ये ४२ दशमलव ७८ प्रतिशत निको भएर डिस्चार्ज भएका छन्। हिजोसम्म एक हजार ६६८ संक्रमित अस्पतालको आइसोलेसन तथा क्वारेन्टाइनबाट डिस्चार्ज भइसकेका छन्।
प्रदेशमा ८ जना संक्रमितको भने मृत्यु भइसकेको छ। जुन कूल संक्रमितको शून्य दशमलव २० प्रतिशत रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी कैलालीमा एक हजार ३७ जना संक्रमित रहेका छन्। कैलालीपछि अछाममा ६३७, डोटीमा ५४३, कञ्चनपुरमा ४६२, बाजुरामा ४४६, बैतडीमा ३००, डडेल्धुरा २८८, बझाङमा १६६ र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण गरिएकामध्ये १५ प्रतिशतमा मात्र संक्रमण पुष्टि भएको पाइएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमसहित प्रदेश बाहिरका प्रयोगशालामा थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षण गरिएका १३ दशमलव ६५ प्रतिशतमा कोरोना पुष्टि भएको छ।हिजोसम्मको तथ्याङ्कमा सुदूरपश्चिममा २८ हजार ५५० जनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा तीन हजार ८९९ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये निको भएर घर फर्किनेको प्रतिशत धेरै रहेको छ। स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार संक्रमित मध्ये ४२ दशमलव ७८ प्रतिशत निको भएर डिस्चार्ज भएका छन्। हिजोसम्म एक हजार ६६८ संक्रमित अस्पतालको आइसोलेसन तथा क्वारेन्टाइनबाट डिस्चार्ज भइसकेका छन्।

">