थप ५७ जनामा काेराेना संक्रमण <p>काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।</p> <p>देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा साे संख्यामा काेरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।</p> <p>मन्त्रालयका प्रवक्ता प्राध्यापक डा.जागेश्वर गौतमले योसहित नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्