काठमाडौं। संसार यतिखेर कोरोना महामारीसँग जुधिरहेको छ। साबुन-पानीले नियमित हात धुने तथा बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउने सल्लाह विश्व स्वास्थ्य सङ्गठनलगायतका संस्थाहरु दिइरहेका छन्। भन्न सकिन्न, अब कति वर्षसम्म मास्कबिनाका मानिस देख्न पाइने छैन। चिकित्सकहरु त अब मास्कलाई शरीरमा लगाइने अन्य कपडाजस्तै अनिवार्य रुपमा लामो समयसम्म लगाउनु पर्ने बताउन थालेका छन्।
वरिष्ठ चिकित्सक सुन्दरमणि दीक्षित भन्छन्, ‘‘मास्क अब एकखाले फेसन बन्ने छ। यसलाई हामी आफ्नो अनुहारबाट लामो समयसम्म हटाउन पाउने छैनौं।’’
मानिसहरु विभिन्नखालका मास्क प्रयोग गरिरहेका छन्। सर्जिकलका साथै पुनःप्रयोग गर्न मिल्ने कपडाका मास्क र फेसनेबल मास्क पनि मानिसहरु रुचाइरहेका छन्।
मास्कको चर्चा र व्यापार बढिरहेका बेला कतिपय सिर्जनशील दिमाग भएका मानिसहरु महँगो र फेसनेबल मास्क बनाउन थालेका छन्।
मोतीको मास्क बनाउन कम्तीमा पनि तीन दिन लाग्छ। यसका लागि अलगअलग आकारको ३१० वटा असली मोती आवश्यक पर्छ। यसले मानिसको अनुहार चम्काउने रिको बताउँछिन्।
जापानका चर्चित डिजाइनर रिको कवनिसीले ‘फन-क्रियटिभिटी’ प्रस्तुत गरेकी छन्। उनले मोतीजडित मास्क तयार पारेकी हुन्। यस्तो मास्कको मूल्य १० लाख रुपैयाँभन्दा बढी पर्छ। रिको जापानमा सजावटका सामान बनाउने गर्छिन्। उनले साउथ चाइना मर्निङ पोस्टसँग भनिन्, ‘‘म जापानमा यस्तो सामान बनाउन चाहन्छु, जुन स्मरणीय होस्। मैले देशमा कोरोना महामारी चलिरहँदा मोतीको मास्क बनाएँ।’’

डिजाइनयुक्त, फेसनेबलभन्दा पनि अलग्गै सिल्भर ज्वेलरी मास्कसमेत बजारमा आउन थालेको छ। चाँदीजडित मास्क भारतको राजस्थानमा बनेको हो। नेपाली रुपैयाँ करिब आठ हजार पर्ने यस्तो मास्कले एन-९५ को काम गर्ने र यसमा फिल्टरसमेत राखिएको छ।
विशेषगरी विवाहलगायतका अवसरमा यस्ता मास्कको अर्डर आउने कारोबारकर्ताले बताएका छन्। विवाहमा बर-बधूले यसको प्रयोग गर्ने अपेक्षा गरिएको छ। यस्तो मास्कको वजन सय ग्रामभन्दा कम हुने बताइन्छ। चाँदीको मास्क पुनः बिक्रीसमेत गर्न सकिन्छ।
फेसन वा सोखको रुपमा प्रयोग गरिने यस्ता मास्कले कोरोना भाइरस रोक्न सक्छ वा सक्दैन भन्नेबारे भारतमा बहस चल्न थालेको छ। कतिपय चिकित्सक यसरी चाँदीको मास्क प्रयोग गर्दा भाइरसको सङ्क्रमण फैलन सक्ने चेतावनी दिन्छन्।
(एजेन्सीहरुको सहयोगमा)
" /> काठमाडौं। संसार यतिखेर कोरोना महामारीसँग जुधिरहेको छ। साबुन-पानीले नियमित हात धुने तथा बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउने सल्लाह विश्व स्वास्थ्य सङ्गठनलगायतका संस्थाहरु दिइरहेका छन्। भन्न सकिन्न, अब कति वर्षसम्म मास्कबिनाका मानिस देख्न पाइने छैन। चिकित्सकहरु त अब मास्कलाई शरीरमा लगाइने अन्य कपडाजस्तै अनिवार्य रुपमा लामो समयसम्म लगाउनु पर्ने बताउन थालेका छन्।वरिष्ठ चिकित्सक सुन्दरमणि दीक्षित भन्छन्, ‘‘मास्क अब एकखाले फेसन बन्ने छ। यसलाई हामी आफ्नो अनुहारबाट लामो समयसम्म हटाउन पाउने छैनौं।’’

">