काठमाडौं। गण्डकी प्रदेशका दुई जिल्लामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडा र पोखरास्थित क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरूमा कोभिड-१९ पोजिटभ देखिएको हो।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको म्याग्दे र भानुमा दुई/दुईजना व्यासमा तीनजना नयाँ संक्रमित फेला परेका छन्।
त्यस्तै सबैभन्दा बढी नवलपरासीपूर्वको गैँडाकोट नगरपालिकामा ५ महिला र १३ पुरुष गरी जम्मा १८ जना छन्।
निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार आज थप भएका २५ जनासहित प्रदेशभरी कूल संक्रमित एक हजार २५६ जना पुगेका छन्।
" /> काठमाडौं। गण्डकी प्रदेशका दुई जिल्लामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडा र पोखरास्थित क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरूमा कोभिड-१९ पोजिटभ देखिएको हो।

">