काठमाडौं। विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक करोड ३९ लाख २४ हजार ६३२ पुगेको छ। हालसम्म संक्रमितमध्ये पाँच लाख ९१ हजार ८३७ जनाले ज्यान गुमाइसकेका छन्।
विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ८२ लाख ६५ हजार ५६९ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। बाँकी ५० लाख ६७ हजार २२६ जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन्।
नेपालमा हालसम्म १७ हजार ३४४ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। नेपालमा रहेका संक्रमितमध्ये ३९ जनाको मृत्यु भएको छ भने ११ हजार २४९ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। नेपालमा पहिलोपटक गत वर्षको माघ ९ गते एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
विश्वमा कोरोना भाइरसको संक्रमित पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो भाइरस फैलिएर अहिले विश्वका दुई सय १५ देश तथा क्षेत्रमा पुगेको छ।
वल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म ३६ लाख ८३ हजार ५२५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। अमेरिकामा कोरोनाका कारण हालसम्म एक लाख ४१ हजार १८ जनाको मृत्यु भएको छ।
ब्राजिलमा कोरोना संक्रमित २० लाख १४ हजार ७३८ जना पुगेका छन्, जसमध्ये ७६ हजार ८२२ जनाको मृत्यु भइसकेको छ।
भारतमा कोरोना संक्रमितको संख्या १० लाख पाँच हजार ६३७ पुगेको छ। भारतका संक्रमितमध्ये २५ हजार ६०९ जनाको मृत्यु भइसकेको छ।
रूसमा सात लाख ५२ हजार ७९७ जना कोरोना संक्रमित रहेकोमा ११ हजार ९३७ जनाले ज्यान गुमाइसकेका छन्।
विश्वभर कोरोना संक्रमित बढी हुनेमा अमेरिका अग्रस्थानमा रहेको छ। अमेरिकापछि क्रमशः ब्राजिल, भारत, रूस, पेरू, दक्षिण अफ्रिका, चिली, मेक्सिको, स्पेन, बेलायत, इरान, पाकिस्तान तथा इटाली रहेका छन्।
" /> काठमाडौं। विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक करोड ३९ लाख २४ हजार ६३२ पुगेको छ। हालसम्म संक्रमितमध्ये पाँच लाख ९१ हजार ८३७ जनाले ज्यान गुमाइसकेका छन्।विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ८२ लाख ६५ हजार ५६९ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। बाँकी ५० लाख ६७ हजार २२६ जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन्।

">