कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ८७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा गएरातिसम्म तीन हजार ८७१ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।
संक्रमितहरूमा ९०१ महिला र दुई हजार ९७० जना पुरूष छन्।
महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा एक हजार २४, कञ्चनपुरमा ४६१, डडेलधुरामा २८५, डोटीमा ५३५, अछाममा ६३७, बाजुरामा ४४६, बैतडीमा ३००, बझाङमा १६३ र दार्चुलामा २० जना संक्रमित फेला परेका छन्।
यस प्रदेशबाट अहिलेसम्म एक हजार ६५९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्न अस्पतालको आइसोलेसनमा ४९ जना उपचारका लागि भर्ना भएका छन्।
संक्रमितमध्ये प्रदेशभरिमा आठजनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछाम र बझाङका एक/एक जना छन्।
उनीहरूमध्ये पाँच जनामा मृत्युपश्चात् र दुई जनामा उपचारकै क्रममा कोभिड-१९ नतिजा पोजिटिभ देखिएको थियो। अर्का एकजनाले आफू संक्रमित भएको थहा पाएपछि आत्महत्या गरेका थिए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ८७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।संक्रमितहरूमा ९०१ महिला र दुई हजार ९७० जना पुरूष छन्।

">