काठमाडौं। नेपालमा २१ देखि ३० वर्ष उमेर समूहका मानिसहरूमा सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म यो उमेर समूहका ६ हजार ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो कूल संक्रमित संख्याको ३७.४३ प्रतिशत हो।
बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ३४४ पुगेको छ।
कोरोना संक्रमित धेरै भएकामा दोस्रो स्थानमा ३१ देखि ४० वर्ष उमेर समूहका मानिसहरू छन्। उक्त समूहका चार हजार १३ जनामा कोरोना संक्रमण देखिएको हो। जुन कूल संक्रमित संख्याको २३.१४ प्रतिशत हो।
सबैभन्दा कम संक्रमित ६० वर्षभन्दा माथिका उमेर समूहमा पर्ने मानिसहरू छन्। नेपालमा हालसम्म उक्त उमेर समूहका मानिसहरूमध्ये १२ जनामा मात्र कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैगरी ७१ देखि ८० वर्ष उमेर समूहतर्फका मानिसमा पनि न्यून संक्रमण देखिएको छ। उक्त समूहका ५३ जना कोरोना भाइरसबाट संक्रमित भएको तथ्यांक छ।
यसैगरी १० वर्षसम्मका ६४५ जना बालबालिका कोरोनाबाट संक्रमित भएका छन्।
यस्तै, ११ देखि २० वर्ष उमेर समूहका तीन हजार ५४४ जना, ४१ देखि ५० उमेर समूहका एक हजार ७४७ जना, ५१ देखि ६० उमेर समूहका ६३४ जना तथा ६१ देखि ७० उमेर समूहका २०५ जना कोरोना भाइरसबाट संक्रमित भएको मन्त्रालयको तथ्यांक छ।
नेपालमा कोरोना संक्रमितमध्ये ११ हजार २४९ जना उपचारपछि निको भई घर फर्किसकेका छन्। कोरोना भाइरसका कारण हालसम्म ३९ जनाले ज्यान गुमाइसकेका छन्।