काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १६७ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न २७ वटा प्रयोगशालामा गरिएको नमूना परीक्षणमा १६७ संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको चार हजार ९८१ नमूना परीक्षणमा १६७ संक्रमित पुष्टि भएका हुन्।
नेपालमा हालसम्म संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ। हालसम्म ११ हजार २४९ संक्रमित संक्रमणमुक्त भइसकेका छन्। हाल आइसोलेसनमा ६ हजार ५६ जना रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार नेपालमा संक्रमणको दर कम भएकाले परीक्षण कम भएको हो। उपत्यकाका विभिन्न स्थानमा तीन हजार नमूना परीक्षण गर्दा तीन जनामा मात्रै संक्रमण देखिएको उनले जानकारी दिए।
संक्रमणको दर कम भए पनि जोखिम भने अझै कायमै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म देशका विभिन्न स्थानहरूमा २३ हजार पाँच सय क्वारेन्टाइनमा रहेका छन्।
" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १६७ कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न २७ वटा प्रयोगशालामा गरिएको नमूना परीक्षणमा १६७ संक्रमित थपिएका हुन्।

">