कोभिड–१९ बाट थप एकजनाको मृत्यु
काठमाडौं। कोभिड–१९ बाट थप एकजनाको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुने व्यक्ति रौतहटका हुन्।

३६ वर्षीय ती पुरुषको आज दिउँसो साढे २ बजे उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ।

उनीसहितका परिवार काेभिड-१९ बाट मृत्यु भएका दाइकाे अन्तिम संस्कारका लागि भारतकाे बैंग्लाेर गएका थिए।

असार २४ गते नेपाल फर्किएर राैतहटकाे परह्वा क्वारेन्टाइनमा बसेका थिए।

२९ गते रूघाखाेकी, ज्वराे स्वासप्रश्वासमा समस्या आएपछि नारायणी अस्पताल भर्ना गरिएकाे थियाे।

साेही दिन लिइएकाे स्वाब संकलन गरी हेटाैंडा प्रयाेगशालामा परीक्षण गर्दा आज काेराेना संक्रमण पुष्टि भएकाे थियाे।

स्वास्थ्यमा थप समस्या आएपछि आज बिहान  देखि नै भेन्टिलेटरमा राखेर उपचार गरिएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्