प्रदेश १ का सबै जिल्ला अस्पतालमा चिकित्सकको व्यवस्था गरिने <p>काठमाडाैं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सबै जिल्लाका अस्पतालमा चिकित्सकको व्यवस्था यही वर्ष गरिने बताएका छन्।</p> <p>प्रदेश १ सामाजिक विकास मन्त्रालय एवं स्वास्थ्य निर्देशनालय धनकुुटाद्वारा आज यहाँ आयोजित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले जनतालाई सहज स्वास्थ्य सेवा पहुँचका लागि करारमा चिकित्सक नियुक्तिको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।</p> <p>मुख्यमन्त्री राईले प्रदेश सरकारले स्वस्थ नागरिकबाट नै समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा हुने बताए। आगामी नीति तथा बजेटमा नागरिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी जनप्रतिनिधि र दक्ष कर्मचारीबाट स्वास्थ्य सेवा प्रदान गर्ने धारणा व्यक्त गरेकाे उनकाे भनाइ छ।</p> <p>मुख्यमन्त्री राईले सरकारी स्वास्थ्य संस्थालाई आवश्यक पर्ने आधुनिक प्रविधि सम्बन्धमा तथ्याङ्क सङ्कलन गर्न निर्देशन दिँदै भौतिक पूर्वाधार, आधुनिक उपकरण, दक्षजनशक्ति, सर्वसुलभ औषधि सहज गरिने बताए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्