काठमाडौं। गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका पाँच जिल्लामा संक्रमितहरू फेला परेका हुन्।
क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २५ जनामा कोभिड-१९ पोजिटिभ देखिएको निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन्।
म्याग्दीमा ९ जना, तनहुँमा तीनजना, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा ११ जना साथै गोरखा र कास्कीमा एक/एकजनामा संक्रमण पुष्टि भएको छ।
१९ देखि ४८ वर्ष उमेर समूहका उनीहरूमध्ये एकजना महिला छन्।
सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको बताइएको छ।
आज थप भएका संक्रमितसहित गण्डकीमा एक हजार २२८ जनामा कोभिड-१९ देखिएको छ।
यस प्रदेशबाट ९२५ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
" /> काठमाडौं। गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका पाँच जिल्लामा संक्रमितहरू फेला परेका हुन्।

">