काठमाडौं। नेपालमा पहिलो कोरोना भाइरस संक्रमणको केस देखिएको पनि २४ हप्ता नाघिसकेको छ। महिनामा गणना गर्दा कोरोना भाइरस संक्रमणबाट मुलुक नै आहत भएको यो छैठौं महिना चलिरहेको छ।
माघ ९ गते पहिलो केस देखिएको नेपालमा आजसम्म (मंगलबारसम्म) आइपुग्दा कोरोना संक्रमितको संख्या १७ हजार नाघिसकेको छ।
कोरोना भाइरस परीक्षणका लागि सार्क राष्ट्रहरूमै नेपाल अगाडि रहेको स्वास्थ्य मन्त्रालयको दाबी रहँदै आएको छ। मन्त्रालयका अनुसार प्रत्येक १० लाख जनामध्ये ९ हजार ९८७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ। जुन सार्कका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश लगायत देशभन्दा राम्रो हो।
टेकुमा एउटा ल्याबबाट थालिएको कोरोना भाइरस परीक्षण सेवा अहिले सबै प्रदेशका मुख्य-मुख्य स्थानमा पुगिसकेको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिले २६ वटा ल्याबमा पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेको छ।
माघ महिनामा करिब ३ साताको अवधिमा मात्र २० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको थियो। फागुनमा ४२७ जनाको पीसीबर विधिबाट परीक्षण भयो।
चैतमा पनि परीक्षणको संख्यामा खासै वृद्बि हुन सकेन। चैतमा कूल पीसीआर परीक्षण संख्या ६९८ रह्यो।
चैतको ११ गतेदेखि नै लकडाउन लागू भएको थियो। चैत १६ गते ल्याब विस्तार गरिएको थियो।
वैशाखमा आएर मात्र पीसीआर परीक्षणले केही गति समात्यो। वैशाखमा परीक्षण संख्या कूल २० हजार १९५ पुग्यो।
जेठ महिना पीसीआर विधिबाट कोरोना परीक्षणका लागि राम्रै रह्यो। यो महिनामा परीक्षण संख्या ९४ हजार ५९७ रह्यो।
असारमा आएर परीक्षण दर झनै बढेको छ। यद्यपि असार १५ गतेबाट दैनिक १० हजारको संख्यामा कोरोना परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको दाबीअनुसार भने भएको छैन। तर संख्यात्मक हिसाबले भने पीसीआर परीक्षणमा यो महिना सबैभन्दा राम्रो रह्यो। यो महिना करिब पौने दुई लाख पीसीआर परीक्षण भएको छ।
नेपालमा आजसम्म दुई लाख ९३ हजार ८३९ वटा नमूना परीक्षण गरिसकिएको छ। जसमध्ये १७ हजार ६१ जनामा कोरोना संक्रमण भएको पाइएको छ। संक्रमितमध्ये ६० प्रतिशतभन्दा बढी त निको पनि भइसकेका छन्। मन्त्रालयका अनुसार हालसम्म १० हजार ३२८ जना नेपाली कोरोनामुक्त भएका छन्। ३८ जनाले भने ज्यान गुमाएका छन्।
हाल आइसोलेसनमा रहने संक्रमितको संख्या छ हजार ६९५ छ भने क्वारेन्टिनमा बस्नेहरूको संख्या २४ हजार ७१६ रहेको छ।