कोरोनाका बिरामीलाई मुटु रोगको पनि समस्या
काठमाडौं। बेलायतको एडिनबरा विश्व विद्यालयले कोरोना भाइरसले मानिसको मुटुमा पनि असर पार्ने बताएको छ। अध्ययनले कोरोना सङ्क्रमितको मुटुमा भाइरसले प्रभाव पार्ने देखाएको हो।

एडिनबरा विश्व विद्यालयको यो अध्ययन ६९ देशका १२ सय बिरामीमा गरिएको थियो। यसमध्ये आधा बिरामीमा मुटुको अवस्था असामान्य देखिएको थियो भने १५ प्रतिशत सङ्क्रमितमा हृदय रोग गम्भीर देखापरेको थियो।

‘‘कोरोना सङ्क्रमित यी बिरामीको मुटुमा गम्भीर समस्या देखिएको थियो। यो थाहा पाएपछि उनीहरूको ज्यान  बचाउन सहज त भयो, तर सङ्क्रमितलाई मुटु रोगले समेत च्याप्दा उपचार अलि कठिनचाहिँ भयो। अब यिनको मुटुकोसमेत देखभाल गर्नुपर्ने भयो।’’

यो अध्ययनमा कोभिड-१९ बाट गम्भीर प्रभावित बिरामीलाई सामेल गरिएको थियो। अधिकांश मानिस भने अहिले पनि सङ्क्रमणबाट हल्का रूपमा प्रभावित छन्। यस्तो नतिजाले बिरामीलाई थप ध्यान दिन मद्दत पुगेको अध्ययनका प्रमुख शोधकर्ता प्राध्यापक मार्क ड्वेकले बीबीसीलाई बताए।

उनले भने, ‘‘कोरोना सङ्क्रमित यी बिरामीको मुटुमा गम्भीर समस्या देखिएको थियो। यो थाहा पाएपछि उनीहरूको ज्यान  बचाउन सहज त भयो, तर सङ्क्रमितलाई मुटु रोगले समेत च्याप्दा उपचार अलि कठिनचाहिँ भयो। अब यिनको मुटुकोसमेत देखभाल गर्नुपर्ने भयो।’’

प्राध्यापक मार्कका अनुसार, कोरोना पुष्टि भएका बिरामीको मुटुको समस्यालाई पनि चाँडो ठीक पार्नु पर्ने अवस्था छ।

यसअघि कोरोना भाइरसले मानव स्वास्थ्यमा लामो समयसम्म असर गर्ने र मस्तिष्कमा पनि प्रभाव पार्ने पत्ता लागेको थियो। बीबीसी

प्रतिक्रिया दिनुहोस्