काठमाडौं। कोरोना सङ्क्रमण कहिले समाप्त होला ? यसको उत्तर कसैसँग छैन। कोरोनापछिको संसार कस्तो होला ? यसको यकिन उत्तर पनि पाउन कठिन छ। निश्चित केही छ भने, त्यो हो– परिवर्तन। कार्यशैली, कार्यालय, जीवनशैली, खाने–पिउनेलगायतका सवालमा परिवर्तन। निश्चित छ– परिवर्तन हुन्छ र हुनु पर्छ।
सूचना क्रान्तिले हरेक क्षेत्रमा पर्याप्त परिवर्तन ल्याइदिएको छ। कतिपय कम्पनीहरूले सूचना क्रान्तिलाई पछ्याए र सफल भए भने प्रविधिमा असक्षम हुन पुगेका केही कम्पनी पछि परे। विश्व नै यतिखेर कोभिड–१९को प्रकोपमा छ। यो महामारीले व्यक्तिका साथै कम्पनी पनि प्राविधिक रूपमा सक्षम हुनु जरुरी रहेको पाठ पढाएको छ।
संसारका अन्य मुलुकजस्तै नेपाल पनि कोरोनाबाट पीडित छ। कतिपय कम्पनी बन्द छन् भने केहीले घरबाटै काम गर्ने उपाय अपनाएका छन्। बढी मात्रामा मिडिया र त्यसमा पनि अनलाइन पोर्टलहरूले घरबाटै काम गर्ने शैली अपनाउन थालेका छन्। यो अवस्थामा वर्तमानका लागि मात्र होइन, भविष्यका निम्ति समेत आफ्नो घरमा बस्ने, काम गर्ने, खेल्ने–कुद्नेका साथै हाम्रो दिनचर्यामा पनि परिवर्तनको प्रवल सम्भावना छ। घरदेखि कार्यालयसम्म केकस्ता परिवर्तन आउलान् त ? अब हामीले यसबारे सोच्नु आवश्यक छ।
प्रविधि हुने छ प्रमुख
कोरोना भाइरससँग मानिसहरू निकै डराएका छन् र सतर्क बनेका छन्। यसकारण पनि हाम्रा विभिन्न क्रियाकलापमा अबका दिनमा परिवर्तनको सम्भावना अधिक छ। यसलाई भविष्यमुखी हुने अवसरका रूपमा लिनु बुद्धिमानी हुने छ। भविष्यमा प्रविधि (टेक्नोलोजी)मैत्री हुनुका साथै कार्यस्थल र त्यहाँ स्वास्थ्य सुविधाबारे राम्ररी सोचिने छ। साथै, काम गर्ने शैली पनि लचकयुक्त (फ्लेक्जिबल) हुने छ। निश्चित छ, भविष्य बढीभन्दा बढी प्रविधिमैत्री बन्ने छ।
कर्मचारीको सुविधा
आगामी दिनमा कम्पनी र त्यसका प्रमुखले जेजस्तो निर्णय गरे पनि त्यसमा कर्मचारीको सुविधालाई प्रमुखता दिइने छ। कुनै पनि कम्पनीको सम्पत्ति भनेको मेच–टेबुल वा कार्यालयको सजावट नभई त्यहाँ कार्यरत दक्ष कर्मचारी हुन्। यो तथ्य सबैभन्दा बढी मिडिया कम्पनीले बुझ्नुपर्छ। कम्पनीको नेतृत्वले कर्मचारीको स्वास्थ्य र तिनको मनोविज्ञानबारे राम्ररी अध्ययन गर्नु जरुरी छ।
कोरोनामात्र होइन अन्यखाले सरुवा रोगबाट बच्नका लागि सबैले सोच्ने छन्। कार्यालय वा भवनलाई नै डिसइन्फेक्सन गर्नु आवश्यक हुने छ। आगामी थुप्रै वर्ष मानिसहरूमा कोरोनाको त्रास रहिरहने छ। त्यसकारण पनि कार्यस्थल स्वस्थ बनाउन प्रयास गरिने छ। पर्यावरणका बारेमा पनि सोचिने छ।
कार्यस्थलमा आमूल परिवर्तन
हरेक कम्पनीले चाहेको छ– कोरोना अन्त्यपछि कर्मचारी कार्यालय आउन् र आफ्नो काम पुनःशुरू गरुन्। यो उद्देश्य पूर्तिका लागि सर्वप्रथम कार्यस्थल सुरक्षित र स्वस्थ हुनु जरुरी छ। यसका निम्ति स्यानिटाइजेसन गरिनुपर्छ। पानी, ढल निकास, शौचालय, भान्साजस्ता कुरामा बढी ध्यान दिनु जरुरी छ। कार्यस्थलमा भीडभाड नगर्ने, मास्क लगाउनेजस्ता कुरामा कम्पनी सचेत हुने छ।
कार्यस्थलको डिजाइनमा सुधार
आगामी केही समयसम्म सामाजिक दूरी कायम रहने छ। कार्यालय प्रवेश गर्दा व्यक्तिगत स्वास्थ्य सुरक्षामा ध्यान दिने क्रम जारी रहने छ। कार्यालयहरू एकैपटक खोल्नुभन्दा चरणवद्ध गर्नु राम्रो हुने छ। कामको प्रकृति हेरेर कार्य समय पनि सिफ्टमा विभाजित गर्नु उचित हुन्छ। कार्यालयको लिफ्ट, टेबुल, मिटिङ रूममा समेत दूरी कायम गर्नु जरुरी हुने छ।
कार्यालय खोल्नुअघि प्रविधि उन्नतीकरण
कोरोनाका कारण बन्द भएका कार्यालय अब खोल्दा अधिकांश कम्पनीले मौजुदा प्रविधिको उन्नतीकरण गर्नु पर्नेछ। किनकि, अबको भर भनेको प्रविधि नै हो। डिजिटाइजेसनको दिशामा अघि नबढी सुख छैन। अब कार्यालयहरूमा मानवीय उपस्थिति कम गर्दै जानुको विकल्प छैन। कतिपय कामलाई डिम्याट गर्नु पर्ने छ। पेपरलेस कारोबार अबको उपयुक्त विकल्प हो। ह्युमन इन्टरफेसलाई कम गर्नका लागि फेसियल रिकग्निसन एक्सेस कन्ट्रोलको व्यवस्था गर्नु उचित हुने छ। (एजेन्सीहरूको सहयोगमा)
" /> काठमाडौं। कोरोना सङ्क्रमण कहिले समाप्त होला ? यसको उत्तर कसैसँग छैन। कोरोनापछिको संसार कस्तो होला ? यसको यकिन उत्तर पनि पाउन कठिन छ। निश्चित केही छ भने, त्यो हो– परिवर्तन। कार्यशैली, कार्यालय, जीवनशैली, खाने–पिउनेलगायतका सवालमा परिवर्तन। निश्चित छ– परिवर्तन हुन्छ र हुनु पर्छ।सूचना क्रान्तिले हरेक क्षेत्रमा पर्याप्त परिवर्तन ल्याइदिएको छ। कतिपय कम्पनीहरूले सूचना क्रान्तिलाई पछ्याए र सफल भए भने प्रविधिमा असक्षम हुन पुगेका केही कम्पनी पछि परे। विश्व नै यतिखेर कोभिड–१९को प्रकोपमा छ। यो महामारीले व्यक्तिका साथै कम्पनी पनि प्राविधिक रूपमा सक्षम हुनु जरुरी रहेको पाठ पढाएको छ।

">