कैलाली। कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजको निर्माण कार्य तीव्र गतिमा बढीरहेको छ। आर्थिक वर्ष २०७७/७८ भित्र १५० शय्याको अस्पताल सञ्चालन गर्ने लक्ष्यसहित भौतिक संरचना निर्माणको कामलाई गति दिइएको छ। अहिलेसम्म गेटा मेडिकल कलेजको ६९ प्रतिशत काम सम्पन्न भएको छ।

सात वटा प्याकेजमा निर्माण भइरहेको मेडिकल कलेजका दुई प्याकेजको निर्माण काम लगभग अन्तिम चरणमा पुगेको छ। बाँकी पाँच प्याकेजको निर्माण अगामी मंसिरसम्ममा सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको गेटा मेडिकल कलेज पूर्वाधार विकास समितका कार्यकारी निर्देशक भीमबहादुर साउदले बताए।

कलेजको प्रशासनिक तथा कलेज भवनको निर्माण अन्तिम चरणमा पुगेको बताउँदै निर्देशक साउँदले कलेज, अस्पताल, छात्रवास लगायतका अन्य भवनको निर्माण आगामी मंसिरमा सम्पन्न गर्नेगरी काम भइरहेको बताए। कोरोना भाइरसको महामारीमा समेत मेडिकल कलेज निर्माणको कामलाई निरन्तरता दिइएको छ। तर, कामदार र निर्माण समाग्रीको अभावका कारण केही ढिलाई भएको निर्देशक साउदले बताए। विगतमा तीन हजार भन्दा बढी मजदुरले दैनिक काम गर्दै आएका थिए भने कोरोना प्रभावपछि दैनिक ३०० देखि ४०० मजदुरले काम गर्दै आएको उनले बताए।

मंसिरमा संरचना निर्माणको काम सम्पन्न भए आउँदो चैत्रदेखि १५० शय्याको अस्पताल सञ्चालन गर्ने तयारी समेत गरिएको निर्देशक साउदले बताए। भौतिक संरचना निर्माण कार्यविविअनुसार नै आर्थिक वर्ष २०७७/७८ भित्रै अस्पताल सञ्चालनमा ल्याउनुपर्ने भएका कारण चैतबाट शुरू गर्ने तयारी भइरहेको हो।

कलेजको स्वरूपबारे अझै टुङ्गो लागेन

हाल गेटा मेडिकल कलेज शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत निर्माण भइरहेको भएपनि कुन प्रारूपमा सञ्चालन गर्ने भन्ने विषयको टुङ्गो अझै लाग्न सकेको छैन। मेडिकल कलेजकै रूपमा संञ्चालन गर्ने वा, स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा सञ्चालन गर्ने भन्ने विषयको टुङ्गो लाग्न सकेको छैन।

सञ्चालनको प्रक्रिया सम्बन्धमा संघीय मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरिएको भएपनि प्रारूपको विषयमा निर्णय हुन नसकेको गेटा मेडिकल कलेज पूर्वाधार विकास समितका कार्यकारी निर्देशक साउदले बताए।

थप संरचना निर्माणको तयारी

अहिले निर्माणाधीन भौतिक संरचनाको काम मंसिरमा सक्नुपर्ने भएपनि फेरि थप संरचना निर्माण गर्ने तयारी भइरहेको छ। मेडिकल कलेज पूर्वाधार विकास समितका अनुसार आउँदो साउनमा थप संरचना निर्माणका लागि कम्तीमा तीन प्याकेजमा काम शुरू गरिनेछ।

अब निर्माण शुरू हुने संरचनाको लागि पहिलो चरणको डिजाइनको काम समेत सम्पन्न भएको बताउँदै निर्देशक साउदले कलेज भवन, खानेपानी विस्तार, फर्निचर, कम्पाउण्ड वाल लगायतका अन्य थप संरचना निर्माण गरिने बताए।

सिकलसेल एनिमिया रिसर्च सेन्टर

आर्थिक वर्ष २०७८/७८ मा सञ्चालनमा आउने गरि संघीय सरकारको मन्त्रिपरिषद्को निर्णयले सिकलसेल एनिमिया रिसर्च सेन्टरको रूपमा समेत लैजाने निर्णय भएको निर्देशक साउदले बताए। उनले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेको थारु समुदायमा देखा परेको सिकलसेल एनिमिया रोगको उपचार र अनुसन्धानका लागि रिसर्च सेन्टरको अवधारण अनुसार मन्त्रिपरिषद्‌मा निर्णय भएको बताए।

" /> कैलाली। कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजको निर्माण कार्य तीव्र गतिमा बढीरहेको छ। आर्थिक वर्ष २०७७/७८ भित्र १५० शय्याको अस्पताल सञ्चालन गर्ने लक्ष्यसहित भौतिक संरचना निर्माणको कामलाई गति दिइएको छ। अहिलेसम्म गेटा मेडिकल कलेजको ६९ प्रतिशत काम सम्पन्न भएको छ।

सात वटा प्याकेजमा निर्माण भइरहेको मेडिकल कलेजका दुई प्याकेजको निर्माण काम लगभग अन्तिम चरणमा पुगेको छ। बाँकी पाँच प्याकेजको निर्माण अगामी मंसिरसम्ममा सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको गेटा मेडिकल कलेज पूर्वाधार विकास समितका कार्यकारी निर्देशक भीमबहादुर साउदले बताए।

कलेजको प्रशासनिक तथा कलेज भवनको निर्माण अन्तिम चरणमा पुगेको बताउँदै निर्देशक साउँदले कलेज, अस्पताल, छात्रवास लगायतका अन्य भवनको निर्माण आगामी मंसिरमा सम्पन्न गर्नेगरी काम भइरहेको बताए। कोरोना भाइरसको महामारीमा समेत मेडिकल कलेज निर्माणको कामलाई निरन्तरता दिइएको छ। तर, कामदार र निर्माण समाग्रीको अभावका कारण केही ढिलाई भएको निर्देशक साउदले बताए। विगतमा तीन हजार भन्दा बढी मजदुरले दैनिक काम गर्दै आएका थिए भने कोरोना प्रभावपछि दैनिक ३०० देखि ४०० मजदुरले काम गर्दै आएको उनले बताए।

मंसिरमा संरचना निर्माणको काम सम्पन्न भए आउँदो चैत्रदेखि १५० शय्याको अस्पताल सञ्चालन गर्ने तयारी समेत गरिएको निर्देशक साउदले बताए। भौतिक संरचना निर्माण कार्यविविअनुसार नै आर्थिक वर्ष २०७७/७८ भित्रै अस्पताल सञ्चालनमा ल्याउनुपर्ने भएका कारण चैतबाट शुरू गर्ने तयारी भइरहेको हो।

कलेजको स्वरूपबारे अझै टुङ्गो लागेन

हाल गेटा मेडिकल कलेज शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत निर्माण भइरहेको भएपनि कुन प्रारूपमा सञ्चालन गर्ने भन्ने विषयको टुङ्गो अझै लाग्न सकेको छैन। मेडिकल कलेजकै रूपमा संञ्चालन गर्ने वा, स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा सञ्चालन गर्ने भन्ने विषयको टुङ्गो लाग्न सकेको छैन।

सञ्चालनको प्रक्रिया सम्बन्धमा संघीय मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरिएको भएपनि प्रारूपको विषयमा निर्णय हुन नसकेको गेटा मेडिकल कलेज पूर्वाधार विकास समितका कार्यकारी निर्देशक साउदले बताए।

थप संरचना निर्माणको तयारी

अहिले निर्माणाधीन भौतिक संरचनाको काम मंसिरमा सक्नुपर्ने भएपनि फेरि थप संरचना निर्माण गर्ने तयारी भइरहेको छ। मेडिकल कलेज पूर्वाधार विकास समितका अनुसार आउँदो साउनमा थप संरचना निर्माणका लागि कम्तीमा तीन प्याकेजमा काम शुरू गरिनेछ।

अब निर्माण शुरू हुने संरचनाको लागि पहिलो चरणको डिजाइनको काम समेत सम्पन्न भएको बताउँदै निर्देशक साउदले कलेज भवन, खानेपानी विस्तार, फर्निचर, कम्पाउण्ड वाल लगायतका अन्य थप संरचना निर्माण गरिने बताए।

सिकलसेल एनिमिया रिसर्च सेन्टर

आर्थिक वर्ष २०७८/७८ मा सञ्चालनमा आउने गरि संघीय सरकारको मन्त्रिपरिषद्को निर्णयले सिकलसेल एनिमिया रिसर्च सेन्टरको रूपमा समेत लैजाने निर्णय भएको निर्देशक साउदले बताए। उनले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेको थारु समुदायमा देखा परेको सिकलसेल एनिमिया रोगको उपचार र अनुसन्धानका लागि रिसर्च सेन्टरको अवधारण अनुसार मन्त्रिपरिषद्‌मा निर्णय भएको बताए।

"> गेटा मेडिकल कलेजको निर्माण अन्तिम चरणमा, प्रारूपबारे टुङ्गो लाग्न बाँकी: Dekhapadhi
गेटा मेडिकल कलेजको निर्माण अन्तिम चरणमा, प्रारूपबारे टुङ्गो लाग्न बाँकी

प्रतिक्रिया दिनुहोस्