काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा झण्डै दुई लाख कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार गत २४ घण्टामा विश्वभर एक लाख ९४ हजार ६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो अघिल्लो दिनको तुलनामा २० हजारले कम हो। अघिल्लो दिन दुई लाख १४ हजार ५९९ जना संक्रमित थपिएका थिए।
पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण विश्वभर तीन हजार ९५२ जना संक्रमितको मृत्यु भएको छ। अघिल्लो दिनको तुलनामा मृतकको संख्या पनि घटेको छ। अघिल्लो दिन कोरोना भाइरस संक्रमणका विश्वमा चार हजार ९९५ जनाको मृत्यु भएको थियो।
थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ५७ हजार ९७१ जना जना रहेका छन्। सोही समयमा अमेरिका ३८० जनाको मृत्यु भएको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार ब्राजिलमा २५ हजार ३६४ जना संक्रमित थपिएका छन् भने ६५९ जनाको मृत्यु भएको छ।
भारतमा २९ हजार १०८ संक्रमित थपिँदा सोही अवधिमा ५०० जनाको मृत्यु भएको छ। रुसमा ६ हजार ६१५, पेरुमा तीन हजार ६१६, चिलिमा तीन हजार १२, मेक्सिकोमा ६ हजार ९४ र पाकिस्तानमा दुई हजार ५२१जना संक्रमित थपिएका छन्।
" /> काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा झण्डै दुई लाख कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार गत २४ घण्टामा विश्वभर एक लाख ९४ हजार ६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो अघिल्लो दिनको तुलनामा २० हजारले कम हो। अघिल्लो दिन दुई लाख १४ हजार ५९९ जना संक्रमित थपिएका थिए।पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण विश्वभर तीन हजार ९५२ जना संक्रमितको मृत्यु भएको छ। अघिल्लो दिनको तुलनामा मृतकको संख्या पनि घटेको छ। अघिल्लो दिन कोरोना भाइरस संक्रमणका विश्वमा चार हजार ९९५ जनाको मृत्यु भएको थियो।

">