काठमाडौं। भारत काम गर्न गएका नेपालीहरूको फर्कने क्रम उच्च भएपछि बैशाख र जेठ महिनामा नेपालमा रहेका क्वारेन्टिनहरू खचाखच भरिएका थिए। कतिपय ठाउँमा त क्वारेन्टिनकै अभाव समेत भयो।
व्यवस्थित क्वारेन्टिनको अभावमा भारतबाट फर्किएकाहरू केही जिल्लामा त खुला मैदानमा समेत बस्नुपर्ने बाध्यता रह्यो। ओत लाग्ने छानो भेट्टाए पनि धेरैले क्वारेन्टिनमा हुनुपर्ने अत्यावश्यक सेवासुविधा पाउन नसकेको अवस्था थियो।
तर असार लागे यता भने क्वारेन्टिन क्रमश: खाली हुँदै गएका छन्। एकातिर सुरक्षित अवधि पूरा गरेर समयक्रमसँगै फर्कनेहरू र अर्कोतिर भारतबाट फर्कनेहरूको चाप घट्नु- क्वारेन्टिनमा संख्या घट्नुको मुख्य कारण हुन्।
जेठको अन्तिम साता नेपालमा क्वारेन्टिनमा बस्नेहरूको संख्या झन्डै पौने दुई लाख हाराहारीमा पुगेको थियो। एक महिना यता त्यो संख्या निरन्तर ओरालो लागिरहेको छ। आइतबार स्वास्थ्य मन्त्रालयले गरेको अपडेट अनुसार अहिले देशैभरका क्वारेन्टिनमा बस्नेहरूको संख्या २४ हजारभन्दा कम छ।
पछिल्लो एक महिनाको विवरण हेर्दा यो संख्या निरन्तर घट्दै जाने देखिन्छ। किन पनि भने अहिले भारत र विदेशबाट आउनेहरूको संख्या घट्दो छ। करिब १ महिनाको अवधिमा नेपालमा क्वारेन्टिनमा बस्नेहरूको संख्या झन्डै डेढ लाख घटेको देखिन्छ। जेठ २८ गते क्वारेन्टिनमा बस्नेको संख्या १ लाख ७२ हजार २६६ थियो। जबकि आजको अपडेट अनुसार क्वारेन्टिनमा मात्र २३ हजार ७८४ जना छन्।
नेपालमा हालसम्म १६ हजार ८०१ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये आधाभन्दा धेरै (८ हजार ५८९ जना ) त निको भइसकेको अवस्था छ। क्वारेन्टिनमा बस्नेहरूको संख्या घटे जस्तै केही दिनयता संक्रमितको संख्या पनि घटेको पाइएको छ। पछिल्लो २४ घण्टाकै विवरण हेर्दा ८२ जनामा मात्र कोरोना संक्रमण देखिएको छ।
एकथरि जानकारहरूले परीक्षण कम हुँदा संक्रमण पुष्टिको संख्या कम देखिन थालेको भन्ने टिप्पणी गरिरहेका छन्। त्यो केही हदसम्म होला पनि तर विदेशबाट फर्कनेहरूको क्रम घटेपछि पनि संक्रमितको संख्या स्वत: नै पक्कै घट्ला। यदि समुदाय स्तरमा कोरोना भाइरस संक्रमण फैलिइसकेको छैन भने !